Wed. Sep 23rd, 2020

त्रिपुरासुन्दरी गाउँपालिकालाई आईसोलेसन व्यवस्थापन सामाग्री हस्तान्तरण


१९ भदौ, धादिङ–

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकालाई आईसोलेसन व्यवस्थापन सामाग्री हस्तान्तरण गरिएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि आईशोलेसन शैयाको लागि आवश्यक पर्ने सामाग्री तथा सरसफाईका सामग्रीहरु गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापालाई हस्तान्तरण गरेको हो ।

यूनाईटेड मिशन टु नेपाल धादिङ क्लस्टर (यूएमएन) र सिड्स धादिङको संयुक्त साझेदारी सहयोग तथा संघीय सांसद खेमप्रसाद लोहनीको समन्वयमा गाउँपालिकालाई आईसोलेसन व्यवस्थापन सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

गाउँपालिकालाई कोभिड १९ का संक्रमितहरुका लागि आइसोलेसन निर्माणको लागि ११ वटा सर्जिकल वेड, गाउन ५० थान, सर्जिकल मास्क १ हजार थान, पञ्जा ४ सय जोर, ५ सय एमएल सेनिटाईजर १५ बोतल, ज्वरो नाप्ने आर.आर थर्मोमिटर ३ थान, चस्मा २० थान लगायतका सामाग्री हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

२०७७ भदौ १९ गते प्रकाशित

Loading...