Fri. Apr 26th, 2024

तनाव व्यवस्थापन


बर्षा पाठक


तनाव एक मानसिक स्थिति हो जसको सोझो सम्बन्ध शरीरसँग हुन्छ । सामान्यतया आफुले सोचेको जस्तो नहुँदा, आफ्नो जीबनमा आफ्नो मनले चाहेको जस्तो नहुँदा, सामान्य अबस्थामा रहेको आफ्नो जीबनमा कुनै ठुलो बज्रपात पर्दा मानिसहरुमा तनाब हुने गर्दछ। हामीमा जति-जति तनावको स्तर बढ्दै जान्छ, स्वास्थ्य स्थिति उत्तिकै नाजुक बन्छ । मनोचिकित्सकहरु भन्छन्, तनाव शरीरका लागि त्यती नै हानिकारक छ जति खराब खानपान र जीवनशैली र त्यतिकै हानिकारक छ जति मदिरा पिउँदा, चुरोट सेवन गर्दा हानिकारक हुन्छ ।

कोरोना भाइरसको कारणले आजको समयमा तनाब नहुने व्यक्ति कमै छौ। संसारका हरेक व्यक्ति तनावको घेराबाट बाहिर छैनन् । सबैलाई कुनै न कुनै कारणले तनाव भएकै छ । अहिलेको परिबेशमा हामी लगभग ६ महिना देखि घर भित्रनै थुनिएका छौ र यस्तो अबस्थामा हामीमा तनाब बढ्नु लाई सामान्य रुपमा लिनु पर्दछ हामी मध्ये कतिको बर्षौ देखि खादै आएको जागिर गुमेको छ , कतिको व्यापार ( ब्यबसाय डामाडोल भएको छ, स्कुल जान नपाएर बिद्यार्थी हरुलाई त्यतिकै तनाब छ त मिल्ने साथीभाई संग महिनौ देखि भेट्न नपाउदा तनाबमा आउने हरु पनि कम छैनौ, परिवारका सदस्यहरु वा आफ्ना नजिकका साथीभाई तथा आफन्तहरुको नै कोरोनाका कारण मृत्यु भएको तथा अन्य अनेकन कारणले मानिसमा तनाब बढेको छ। तर, कसैलाई तनावले अत्याधिक पिरोलेको छ भने कतिपयले तनावलाई एक सामान्य रुपमा स्विकारेका छन् । यसको अर्थ कसैले तनाव लिन्छन् भने कसैले त्यसको सही व्यवस्थापन गर्छन् । त्यसैले तनाव व्यवस्थापन एक महत्वपूर्ण आवश्यक्ता हो । हामी अक्सर तनावरहित जीवन विताउने प्रयत्नमा हुन्छौं । तर, कुनै न कुनै कारणले हामीलाई तनावग्रस्त बनाइदिन्छ । हामी सुनिरहेका हुन्छौं, भनिरहेका हुन्छौं, ‘तनाव लिनुहुन्न ।’ यद्यपि हामी तनावको भुँमरीबाट बाहिर निस्कनै सक्दैनौं । केही न केही कुराले हामीलाई तनावको स्थितिमा पु(याउँछ ।

तनावलाई पूर्णत निषेध गर्न संभव छैन तसर्थ तनावलाई निषेध होइन, व्यवस्थापन गर्ने हो । जीवन जिउने क्रममा हाम्रो वातावरण नै यसरी निर्माण भएको हुन्छ, जसले तनावलाई एउटा हिस्सा बनाउँछ । त्यसैले हामीले आफ्नो जीवनलाई तनावबाट एकदमै अलग राख्न सक्दैनौं ।
यँहा हाम्रो मनमा एउटा प्रस्न उठ्न सक्छ त्यसो भए के तनावमुक्त जीवन संभव छैन रु तनाव आफुमात्र आउँदैन, त्यसले आफु संगै अरु विकारहरु पनि साथमा लिएर आउँछ ।

जब कुनै पनि कारणले हामी तनावग्रस्त बन्न पुग्र्छौं, त्यसले हाम्रो हामी भित्र रहेको उर्जा, सीप, दक्षता, कार्यकुशलता, धैर्यता, सहनसिलता सबैलाई नराम्ररी प्रभावित बनाइदिन्छ । साथै यसले शरीरका भित्री अंगहरुको कार्य संचालनमा अवरोध पुयाउँछ । हृदयरोगदेखि रक्तचापसम्मको स्थितिमा पुयाउँछ । त्यती मात्र होइन, हामी उभिएको माहौल नै खराब बनाइदिन्छ । परिवार, साथीभाई सबैलाई त्यसले कुनै न कुनै रुपमा असर गर्छ । त्यसैले त सदियौंदेखि तनावमुक्त जीवनको खोजी हुँदै आएको छ । कुनैपनि कुराको उपचार गर्नुअघि त्यसको कारणहरु खोजिन्छ ।

त्यसैगरी तनाव व्यवस्थापनका लागि पनि पहिले त त्यसको जरा पहिल्याउनु पर्ने हुन्छ । जस्तो के कारणले तनाव भइरहेको छ । हामीलाई तनाव हुने कारणहरु प्रसस्त छन् । सोचे जस्तो काम नहुनु, कामको चाप बढ्नु, आर्थिक रुपले समस्या पर्नु, प्रतिस्पर्धात्मक जीवनशैली अपनाउन थाल्नु, घरपरिवार तथा अफिसको कामको दोहोरो जिम्मेवारी वहन गर्नु, भबिस्य र पारिवारिक सम्बन्धलाई सन्तुलन राख्न नसक्नु जस्ता कारणले हामीमाझ तनाव उत्पन्न हुन्छ । यावत् कारणहरु पहिल्याएर तनाव के कारणले भएको छ र त्यसलाई कसरी व्यवस्थापन वा समाधान गर्ने भन्ने कुरा खोज्नु अत्यन्त जरुरि हुन्छ जसले हामीलाई धेरै हदसम्म तनावमुक्त जीवन जिउनमा सहयोग पुयाउँछ।

एउटा अनुसन्धानले के देखाएको छ भने महिलाहरु पुरुषको तुलनामा बढि चिन्ता लिन्छन् र तनावमा आउँछन् । त्यसैले पुरुषहरुको तुलनामा महिलाहरुको स्वास्थ्यमा तनाव र चिन्ताले नकारात्मक प्रभाव पारिरहेको हुन्छ । हृदयघातबाट मृत्यु हुने पुरुषहरु ३८ प्रतिशत छन् भने महिलाहरुको संख्या ४७ प्रतिशत छ भनेर अनुसन्धानले नै देखाएको छ । कमजोरीपना बढ्नु, टाउको दुख्नु, पेटसम्बन्धी समस्या देखापर्नु, वाकवाकी लागे जस्तो हुनु, मांशपेशीमा तनाव हुनु र दुख्नु, छातीमा पीडा हुनु, मुटुका धड्कन बढ्नु, राम्ररी निद्रा नलाग्नु, चिडचिडाहट हुनु, एक्लोपन महसुस हुनु, थकान अनुभव गर्नु आदि तनाव भएपछि हुने शारीरिक लक्षणहरु हुन् । तनावको स्थितिमा कुनै पनि काम गर्न मन लाग्दैन, सम्झने शक्ति नै कमजोर हुन्छ, भोक लाग्दैन, तौल बढ्ने अथवा घट्ने सम्भावना देखिन्छ, यति सम्म कि यौन इच्छामा समेत कमी आउँछ यदि हामीलाई तनावले धेरै नै गांजी सकेको छ भने हामीले आफ्नो मानसिक सन्तुलन नै गुमाउन सक्ने पनि हुन सक्छ वा मनोचिकित्सकको परामर्स पनि लिनु पर्ने हुन्छ तसर्थ तनाब लाई चरम बिन्दुमा आउनु अगाबै हामीले यसलाई ब्यबस्थापन गर्नु जरुरि हुन्छ।

तनावलाई कसरी हटाउने रु तनावमुक्त जीवन कसरी पाउने रु तनाव व्यवस्थापनको विधी के हुन् रु यावत् विषयमा खोज र अभ्यासहरु भएका छन् । कतिपय शारीरिक क्रियाबाट समेत तनावमुक्त हुने विधीहरु पहिल्याइएका छन् । जब तपाईं कुनै कुराले दुःखी, चिन्तित वा तनावग्रस्त बन्नुहुन्छ, गहिरो वा लामो सास लिएर फरक अनुभव गर्न सक्नुहुनेछ । अहिले बिश्व नै कोरोनाको कारणले आक्रान्त भएको बेलामा हामी कतै रमाइला ठाउँमा घुम्न जान त सक्दैनौ तर पनि प्राणायाम, ध्यान जप गर्ने घर भित्रै खेल्न सकिने विभिन्न किसिमका खेलहरु जस्तैस् चेस, लुडो, क्यारमबोर्ड, बाघचाल, बुद्दिचाल, हिज्जे, चित्र बनाउन सिक्ने, इन्टरनेटमा विभिन्न जीबन उपयोगी भिडिओहरु हेर्ने, नाच्ने, गाउने, परिवार भित्रै आफ्नो कला देखाउने, घरमा हुँदाको समयमा हामीले भान्सामा विभिन्न किसिमका परिकारहरु बनाउने, सामान्य कुरामा पनि खुशी हुन सिक्ने, विभिन्न किसिमका साहित्यिक, ऐतिहासिक तथा धार्मिक पुस्तकहरुको अध्ययन गर्ने तथा विभिन्न किसिमका रचनात्मक कार्यहरु गरेर समयलाई ब्यबस्थापन गर्न सकियो भने हामीमा चिन्ता वा तनाब कम हुन्छ। त्यसैगरि आफ्ना आफन्त तथा साथीभाईहरु संग फोनमा आफ्नो ब्यबसाय, पढाई, परिवार तथा सुखद भबिस्य सम्बन्धि सकारात्मक कुराकानी गर्ने जस्ता कार्यले पनि हामीलाई सकारात्मक बनाई राख्न मदत गर्दछ।

बिभिन्न बाल गृह, अनाथालय तथा वृद्धाश्रममा पुगेर यथाशक्य दान सहयोग गर्नाले पनि हामीलाई आनन्द महसुस हुन्छ। जन्मदिन मनाउँदा पनि हामीले सक्ने जति उपर्युक्त ठाउँमा सहयोग गर्ने बानी बसाल्न सक्यौं भने हामीमा सकारात्मक भाव पैदा हुन्छ र अबस्य पनि यसले हामीलाई तनाबबाट मुक्त हुन धेरै सहयोग मिल्दछ। हामीले आफ्नो दिमागमा जहिले पनि सकारात्मक कुराहरु लाई मात्र प्रश्रय दिनु पर्दछ नकारात्मक सोंच राख्ने, नकारात्मक कुराहरु मात्र गरिराख्ने र जतिबेला पनि अरुको कुरा मात्र काटीराख्ने व्यक्तिसंग सकेसम्म टाढा नै रहनु उत्तम हुन्छ। यस्ता व्यवस्थित विधी अपनाएर पनि तनाव व्यवस्थापन गर्न सकिन्छ ।

“सकारात्मक सोंचौ भबिस्यको चिन्ता नगरौं तनाबमुक्त जीवन बिताउँ”

( लेखिका बर्षा पाठक साउथ वेस्टन स्टेट कलेज बसुन्धारा काठमाडौँमा कक्षा १२ मा अध्ययनरत छिन)

२०७७ भदौ १९ गते प्रकाशित

About The Author

Loading...