Wed. Sep 23rd, 2020

धादिङमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

१९ भदौ, धादिङ–


धादिङमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका ९ जना, धुनीबेसी नगरपालिका, बेनिघाट रोराङ गाउँपालिका, गजुरी गाउँपालिकाका र गंगाजमुना गाउँपालिकाका १/१ जना गरि १३ जना रहेका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का १२, १६, १६, १७, २३, २४ र २७ वर्षिय पुरुष, ३४ र ३७ वर्षिय महिला, बेनिघाट रोराङ गाउँपालिकाका वडा नं ३ का ४८ वर्षीय पुरुष, धुनीबेशी नगरपालिका वडा नं ८ का ४९ वर्षीय पुरुष,गंगाजमुना गाउँपालिका वडा नं ७ का ३१ वर्षीय पुरुष र बिहिबार गजुरीमा मृत्यु भएका रसुवाको ३१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या २ सय ४५ पुगेको छ ।

२०७७ भदौ १९ गते प्रकाशित

Loading...