Fri. Oct 30th, 2020

धादिङमा भदौ ३१ गतेसम्म निशेधाज्ञा जारी, बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म बजार खुल्ने


२३ भदौ, धादिङ–


कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि धादिङ जिल्लामा जारी निशेधाज्ञाको समय थप गरिएको छ । चौथो पटक तोकिएको निशेधाज्ञाको समय सकिनै लाग्दा पाँचौ पटकका लागि तोकिएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको बैठकले जारी निशेधाज्ञा भदौ ३१ गते मध्यरातसम्म बढाउने निर्णय गरेको छ ।

पसल, उद्योग, कलकारखाना, बैक तथा वित्तिय संस्था लगायतका व्यवसाय विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म खुल्ला हुने पनि उनले बताए । संक्रमणको दर बढिरहेका कारण जनस्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण मापदण्डहरु अनिवार्य अपनाई उद्योगधन्दा पसल सञ्चालन गर्न पाउने गरी निशेधाज्ञा लम्बाइएको प्रजिअ पौडेलले बताए ।

  • यस्ता छन् निर्णयहरु
  • यस जिल्लाभित्रका वैक तथा वित्तीय संस्थाहरुले कार्यालय सञ्चालन गर्दा स्वास्थ्य एवं सुरक्षा सम्बन्धि सम्पूर्ण मापदण्ड कडाइका साथ अवलम्बन गरी कार्यरत कर्मचारी संख्याको १र४ (एक चौथाई) वा बढिमा ४ जना कर्मचारीहरुबाट सेवाग्राहीको मागको आधारमा सेवा प्रवाह गर्ने र यस अवधिमा सेवा प्राप्त गरेका सेवाग्राहीहरुको र सेवा प्रदान गर्ने कर्मचारीहरुको विवरण (कयात अयउथ) जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालयमा उपलब्ध गराउने । साथै ७ दिनसम्म सेवा प्रदान गरिसकेका कर्मचारीहरुलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउने र बाँकी कर्मचारीहरुलाई आलोपालो प्रणालीबाट सोही प्रकृया बमोजिम सेवा प्रवाह गर्ने ।
  • व्यवसाय संचालन गर्ने सम्बन्धमा विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म पसल, उद्योग, कलकारखाना लगायतका व्यवसाय सञ्चालन गर्न दिने।तर नदी तथा खोलाबाट कूनै पनि तवरले ढुंगा, गिटी, बालुवा आदि उत्खनन तथा संकलन गर्न नदिने र होटल तथा रेस्टुरेन्टको हकमा भने Take away सेवा मात्र सञ्चालन गर्न दिने । साथै पसल तथा व्यवसाय सञ्चालन गर्दा विक्रेताले भौतिक दूरीको पालना साथै ग्लब्स, सेनिटाइजर र माक्स प्रयोग गर्ने तथा क्रेताले समेत अनिवार्य रुपमा माक्स लगाउने तथा भौतिक दुरी कायम गर्नुपर्ने।यसको सुनिश्चितता गर्न धादिङ उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, नेपाल रेडक्रस सोसाइटी, धादिङ र टोल सुधार समितिहरुलाई आव्हान गर्ने ।
  • विहान ४ बजेदेखि ७ बजेसम्म मुख्यतःस्वास्थ्य प्रवर्द्धनको समय (Health promotion time) भएकाले उक्त समयलाई सहजिकरण गर्दै सो समयमा मर्निङ वाक, योगा, व्यायाम गर्दा समेत जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड अनिर्वाय रुपमा पालना गर्ने व्यवस्था मिलाउने ।यो समयलाई Health time को रुपमा उपयोग गरिएतापनि स्वीमिङ पुल, जिमखाना, हेल्थ क्लब, सैलुन र व्युटिपार्लर भने बन्द गर्ने ।
  • औषधि पसल, तरकारी पसल तथा दूध र फलफुल पसलहरु भने खुल्ला गर्ने ।
  • पृथ्वी राजमार्गमा अन्य जिल्लाको पास लिई वा नेपाल सरकारको औपचारिक निर्णयानुसार चल्ने सवारी साधनहरुको हकमा भने राजमार्गमा भएका वस्ती, पसल तथा होटल नजिक रोकी बस्न तथा यस जिल्लाभित्रको कुनै पनि स्थानमा यात्रु चढाउने र ओराल्ने काम गर्न नदिने ।
  • जिल्ला बाहिरबाट आउने यातायातका साधनका चालक, सहचालक र यात्रीहरुले जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड अनिर्वाय पालन गर्ने र सो बमोजिम नभए कारवाही गर्ने ।
  • भारतबाट आउने जिल्लावासीलाई लिई आउने व्यक्ति र चालक तथा सहचालकलाई समेत सम्बन्धित स्थानीय तहले अनिवार्य रुपमा क्वारेन्टिनमा राख्ने ।
  • फुर्केखोलामा हुने चेक जाँचलाई थप कडा बनाउने ।
  • यस पूर्व गरिएको विकास निर्माणका तपसिल बमोजिमका योजनाहरुको काममा सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिने निर्णय गरियो ।

तपसिल
(क) धादिङवेशी भरयाङ भुरुङ सडक स्तरोन्नती ।
(ख) धादिङवेशी बजार क्षेत्रको सडक स्तरोन्नती ।
(ग) थोपल खोला जलविद्युत आयोजनाको मर्मत संभार ।
(घ) गजुरी भदौरे वान्टिङ सडक ।
(ङ) राहत सामग्री ओसार पसार तथा अवरुद्ध भएका सडक खोल्ने कार्य ।
(च) बृद्धाआश्रम, विश्रामस्थल,खेलमैदान आदि निर्माण (धुनिवेसी) ।
(छ) मर्स्याङ्दी (काठमाण्डौ २२० के.भी. विद्युत लाइन प्रसारण आयोजनाको टावर विस्तार गर्ने प्रयोजनार्थ टावर निर्माण कार्य सिध्दलेक, थाक्रे र धुनिवेशी ।
(ज) स्थानीय तहहरुले तत्काल कार्य अगाडि बढाउन आवश्यक रहेको भनी जिल्ला प्रशासन कार्यालयमा सहजीकरणका लागि अनुरोध गरेका अन्य योजनाहरु ।

  • बैङ्किङ प्रयोजनको लागि मालपोत तथा नापी कार्यालयहरुले रोक्का, फुकुवा र ट्रेस नक्सा सम्बन्धी कार्यहरु गर्न व्यवस्था मिलाउने निर्णय गरियो ।
  • स्थानीय तहको अनुरोध तथा जिल्ला सुरक्षा समितिको सिफारिसमा एरिया सिल गरिएका स्थानहरुमा यसरी एरिया सिल गर्दा तोकिएका मापदण्ड तथा शर्तहरु लागु हुने व्यवस्था मिलाउने निर्णय गरियो ।
  • यस जिल्लाका दीर्घरोगीहरुको लागि औषधिको सहज उपलब्धताको व्यवस्था मिलाउन सवै स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय गरियो ।
  • कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापन गर्ने सम्बन्धमा शव व्यवस्थापन कार्यमा खटिने नेपाली सेनाका सुरक्षाकर्मीहरुको सुरक्षाका लागि आवश्यक Complete PPE Set १२ थानश्री देविदत्त गण गजुरीलाईउपलब्ध गराउन स्वास्थ्य कार्यालय धादिङलाई अनुरोध गर्ने निर्णय गरियो ।

२०७७ भदौ २३ गते प्रकाशित

Loading...