Wed. Sep 23rd, 2020

नारायणगढ मुग्लिन सडकमा यातायात अवरुद्ध

२६ भदौ, चितवन –

चितवन – नारायणगढ मुग्लिन सडकमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयले शुक्रबार बिहान सवा आठ बजे इच्छाकामना गाउँपालिका–६ मा पहिरो खसेको जनाएको छ ।

प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाका अनुसार दुईतर्फी रुपमा नै अवरुद्ध भएको सडक खुलाउने प्रयास सुरु भएको छ । लगातार काम भए दुई घण्टापछि सडक खुल्ने उनले बताए । वर्षायाममा यो सडकखण्डमा लगातार जसो पहिरो जाने गर्दछ ।

संघीय राजधानी काठमाडौंलाई देशको पूर्व र पश्चिम भागसँग जोड्ने मुख्य राजमार्गमा दिनहुँ १० हजारको हाराहारीमा गाडी गुड्दथे । कोरोनाका कारण यात्रु बसहरु नचले पनि साना गाडी र मालवाहक ट्रकहरुको ओहोरदोहोर जारी छ ।
२०७७ भदौ २६ गते प्रकाशित

Loading...