Sat. Oct 31st, 2020

पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक खुल्यो

२ असोज , चितवन –


तीन ठाउँमा पहिरो जाँदा अवरूद्ध भएको नारायणगढ(मुग्लिन सडक खुलेको छ । चितवन जिल्ला प्रहरी कार्यालयले बिहान १० बजेपछि दुईतर्फी नै बाटो खुलेको जानकारी दिएको हो ।

नारायणगढ(मुग्लिन सडकको १४ किलो, १७ किलो र घुमाउनेमा पहिरो जाँदा बिहान पौने ६ बजेदिखि बाटो अवरूद्ध भएको थियो ।

पछिल्लो समय लगातारको वर्षापछि नारायणगढ(मुग्लिन सडकखण्डमा दिनहुँजसो पहिरो गएर यातायात अवरुद्ध हुने गरेको छ ।


२०७७ असोज २ गते प्रकाशित

Loading...