Fri. Mar 29th, 2024

पेट्रोल बोक्ने ट्यांकर त्रिशूलीमा खसेर आगलागी

४ असोज, धादिङ

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा न ६ सुत्केरीढुङ्गा नजिक पेट्रोल बोक्ने ट्यांकर त्रिशुली नदिमा खसेको छ । बिरगंजबाट काठमाडौ तर्फ जाँदै गरेको ना ४ ख २८२२ नम्बरको ट्यांकर आइतबार बिहान २ सय मिटर तल त्रिशुलीमा खसेको प्रहरीले जानकारी दिए ।


ट्यांकरमा आगलागी समेत भएको छ । धुनिबेसी नगरपालिकाको दमकलले आगो निभाएको छ ।
चालक र सहचालकले हाम फालेर ज्यान जोगाएका छन । एक्कासि ब्रेकफेल हुँदा दुर्घटना हुन पुगेको चालकले प्रहरीलाई बताएको प्रहरी उपरीक्षक रबिन्द्र रेग्मिले बताए ।


२०७७ असोज ४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: