Fri. Oct 30th, 2020

धादिङमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु


४ असोज धादिङ–


पृथ्वी राजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका वडा नं ६ महादेववेशीमा कन्टेनर डिब्बा ट्रकको ठक्करबाट एक बालिकाको घटनास्थलमा नै मृत्यु भएको छ ।

काठमाण्डौबाट चितवन तर्फ जाँदै गरेको ना ३ ख ५१८३ नम्बरको डिब्बा ट्रकले ठक्कर दिँदा आइतबार दिउँसो स्थानीय तीन वर्षिय बालिका सञ्चिता कार्कीको मृत्यु भएको हो ।

ठक्कर दिने कन्टेनर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

२०७७ असोज ४ गते प्रकाशित

Loading...