Thu. Apr 18th, 2024

धादिङमा एकैदिन ३४ जनामा कोरोना संक्रमण पुष्टि


४ असोज, धादिङ–


धादिङका आइतबार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गल्छि गाउँपालिकाका १५ जना, ज्वालामुखीका चार जना, नीलकण्ठ नगरपालिका, धुनीबेसी नगरपालिका, गंगाजमुना गाउँपालिका, गजुरी गाउँपालिका, सिद्धलेक गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, दुई÷दुई जना र धादिङ घर भई अन्य ठेगाना नखुलेका तीन जना गरी ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका मध्ये गल्छी गाउँपालिकाका वडा नं ६ का ४४, ३४, २६, २५, २५, २६, २७, २६, २६, २६, २६, ३०, २७ वर्षीय पुरुष र उमेर नखुलेका दुईजना पुरुष, ज्वालामुखी गाउँपालिका वडा नं २ की ३१ वर्षीय महिला र ८० वर्षीय पुरुष, वडा नं ४ की २३ वर्षीय महिला, वडा नं ५ का २२ वर्षीय पुरुष छन् ।

यसैगरी नीलकण्ठ नगरपालिका वडा नं २ की २८ वर्षीय महिला, वडा नं १३ का ७२ वर्षीय पुरुष, धुनीबेशी नगरपालिका वडा नं ४ का ३३ वर्षीय पुरुष, वडा नं ५ की २० वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै गंगाजमुना गाउँपालिका वडा नं ६ का २८, ३१ वर्षीय पुरुष, गजुरी गाउँपालिका वडा नं १ का ३१, ३५ वर्षीय पुरुष, सिद्धलेक गाउँपालिका वडा नं १ का ३६ वर्षीय पुरुष र २४ वर्षीय महिला, नेत्रावती डवजोङ वडा नं २ का २० वर्षीय महिला र वडा नं ३ का ६४ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए ।

धादिङ घर भई अन्य ठेगाना नखुलेका २८ वर्षीय महिला,५८ वर्षीय पुरुष, २५ वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ३ सय ८० पुगेको छ ।

२०७७ असोज ४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: