Fri. Mar 29th, 2024

ब्यवसाय संचालन गर्न नपाएपछि धादिङका शैलुन ब्यवसायी आन्दोलित

५ असोज, धादिङ-

निषेधाज्ञालाई खुकलो बनाएर अन्य पेशा तथा व्यावसाय सन्चालन गर्न अनुमति दिएपनि व्युटिपार्लर र कपाल काट्ने सैलुन सन्चालन गर्न नपाउने भएपछि धादिङवेशीका शैलुन पसल संचालकहरु आन्दोलित भएका छन् ।

आइतबार उनीहरुले विभिन्न ५ बुँदे माग राख्दै धादिङका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेललाइ ज्ञापनपत्र बुझाएका छन् । नेपाल ट्रेड युनियन काङग्रेसको अगुवाइमा नेपाल नाइ संघले प्रमुख जिल्ला अधिकारीले ज्ञापन पत्र बुझाएको हो ।

तराई मधेसका विभिन्न भुभागबाट धादिङमा आइ सटर भाडामा लिएर सैलुन पेशा गर्नेहरु धादिङमा करीब २ सयको हाराहारीमा रहेका छन् । कोरोना भाइरसको जोखिमको कारण सवैखाले ब्यापार ब्यवसायमा निषेधाज्ञा लगाइएको थियो तर निषेधाज्ञा खुकुलो भएपनी शैलुन र ब्युटिपार्लर संचालनमा भने रोक लगाइएको छ ।

ज्ञापन पत्र बुझाउने क्रममा नेपाल ट्रेड युनियन काँङग्रेसका नेतृ कल्पना अधिकारीले ब्युटिपार्लर ब्यवसाय र शैलुन ब्यवसाय एकै प्रकारको ब्यवसाय भएपनि सरकारले शैलुन ब्यवसायीलाइ भेदभाव गरेको बताइन् । भित्रि सटर र कोठा कोठाबाट ब्युटिपार्लर संचालन भइरहेको भन्दै कर तिरेर संचालन गरेको ब्यवसायलाइ भेदभाव गर्न नहुने बताइन् ।

नेपाल नाइ संघको ज्ञापन पत्र बुझ्दै प्रजिअ पौडेलले शैलुन ब्यवसाय संचालनको विषयमा पटक पटक छलफल भइरहेको र आफुले मात्रै निर्देशन दिने नसक्ने बताउदै माथिबाटै निर्देशन चाँडै आउने जानकारी गराए । प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र बुझाएपछि उनीहरुले नीलकण्ठ नगरपालिकामा पनि ज्ञापन पत्र बुझाएका थिए ।

विगत ६ महिना देखि रोजीरोटीको एक मात्र आधार सैलुन बन्द हुँदा परीवारको लालन–पालन, कोठाभाडा, औषधोपचार र अन्य ब्यवहारिक समस्या आएको ब्यवसायीहरुले बताएका छन् । उनीहरुले अन्य व्यवसाय सरह सैलुन संचालन गर्न तत्काल खुल्ला गर्ने व्यवस्था गर्नुपर्ने, सबै श्रमिक नाईहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) उपलब्ध गर्नुपर्ने, श्रमिक नाई र आश्रित परिवारलाई तत्कालका लागि राहत व्यवस्थापन गर्नुपर्ने जस्ता माग राखेका छन् ।

मागको उचित सम्वोधन यथासक्य छिटो गर्नुपर्ने र माग पुरा गर्न आलटाल गरिए बाध्य भएर चरणबद्ध आन्दोलनमा उत्रिने ब्यवसायीहरुले चेतावनी दिएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: