राजन सिलवाल
कस्तो कस्तो भयो आज रहर गुमेजस्तो………..
गाँउ अनि आफु बस्या शहर गुमेजस्तो…………..
भन्नेलेत अनेक भन्छन, नसुनौहै सबैकुरा……….
तर रातमा पनी सम्झाउछ प्रहर गुमेजस्तो……..
कस्तो कस्तो भयो आज रहर गुमेजस्तो………..
गाँउ अनि आफु बस्या शहर गुमेजस्तो…………..
जता हे¥यो उतै क्षती, के के भयो केके………???
आफ्नो पराई कोही छैन, सरकार गुमेजस्तो……
अरुहेरी चित्त आफ्नो बुझाउ भन्दापनी…………..
मनमा प्रेम अनी गाउमा घरबार गुमेजस्तो…..!!!!
कस्तो कस्तो भयो आज रहर गुमेजस्तो………..
गाँउ अनि आफु बस्या शहर गुमेजस्तो…………..!!!
About The Author
Loading...