Fri. Oct 30th, 2020

सामाजिक सेवा दिवसमा रक्तदान कार्यक्रम

६ असोज, घाटवेशी, धादिङ-

४१ औ सामाजिक सेवा दिवसको अवसर पारेर गजुरी गाउँपालिकाको घाटवेशीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी पिडा उपशाखाको आयोजना रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुङगानाले रगत संकलन गर्ने ब्याग रक्तदातालाइ हस्तानतरण गरेर कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा ८० जना पुरुष र १० जना महिला गरि ९० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङका मन्त्री दुर्लभ कुमार तामाङले जानकारी दिए ।

देशब्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण रगत संकलन कार्यमा कठिनाइ आइरहेका बेला धादिङमा भने साप्ताहिकजसो रक्तदान कार्यक्रम हुने गरेको छ । धादिङ जिल्ला भर गत साउन यता मात्रै ५ सय ८० पिन्ट रगत संकलन भइसकेको छ ।

Loading...