Fri. Mar 29th, 2024

कोरोनाले २० लाखभन्दा बढीको मृत्यु हुन सक्छ डब्लूएचओ

११ असोज , जेनेभा –


विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले कोरोना भाइरस ९कोभिड–१९० कारण २० लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने जनाएको छ ।

कोभिड–१९ विरुद्धको प्रभावकारी खोप प्रयोगमा आउने अवधिसम्म मृतकको संख्या २० लाख नाघ्न सक्ने संगठनले जनाएको हो । डब्लूएचओका आपत्कालीन मामिला प्रमुख डा। माइक र्‍यानले अन्तर्राष्ट्रिय सहकार्य नभए मृतकको संख्या त्योभन्दा बढी हुन सक्ने दाबी गरे ।

माइक र्‍यानका अनुसार अहिलेको गति कायम रहने अवस्थामा खोप तयार हुनुअघि नै थप १० लाख मानिसको मृत्यु हुने सम्भावना उच्च छ । भाइरसको उपचार पद्धतिमा सुधार आइरहेका कारण पछिल्लो समयमा भने मृत्युदर घटिरहेको उनको भनाइ छ ।

‘सुधार गरिएको उपचार पद्धति र प्रभावकारी खोप मात्रै पनि २० लाखको सीमा रोक्न पर्याप्त नहुन सक्छन्,’ रायनले भने । उनले सरकारहरूलाई कोभिड–१९ नियन्त्रण गर्न आवश्यक हरेक उपाय अपनाउन आग्रह गरेका छन् । ‘जबसम्म हामी सब उपायहरूको अवलम्बन गर्दैनौं, तपाईंहरूले भनिरहेको संख्या काल्पनिक मात्र हुने छैन । बरु दुर्भाग्यवश त्यो निकै सम्भावित छ,’ र्‍यानले भने । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा देखा परेको कोभिड–१९ बाट विश्वभर हालसम्म करिब ९ लाख ९३ हजार जनाले ज्यान गुमाइसकेका छन् ।

२०७७ असोज ११ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: