Fri. Mar 29th, 2024

कोरोनाबाट विश्‍वभर मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

१३ असोज , धादिङ –

कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार बिहानसम्म भाइरसका कारण १० लाख ५ सय ५५ जनाको मृत्यु भइसकेको छ ।

विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर ३ करोड ३२ लाख ७३ हजार नाघेको छ ।

कुल संक्रमितमध्ये २ करोड ३० लाखभन्दा बढी निको भएका छन् । विश्वभर अझै पनि ६५ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको जनाइएको छ । भाइरसका कारण अमेरिका सबैभन्दा बढी प्रभावित छ ।

अमेरिकामा भाइरसका कारण २ लाख ५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ७१ लाख ४७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

भारतमा ६० लाख ७४ हजार ७ सयभन्दा बढी संक्रमित भएका छन् भने ९५ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

२०७७ असोज १३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: