Sat. Oct 31st, 2020

मोबाइलबाटै मनकामना केबलकारको टिकट

१५ असोज ,काठमाडौ –

मनकामना केबलकार र ई–सेवाबीच टिकट खरिदबिक्री सम्झौता भएको छ ।
सम्झौतासँगै मनकामना दर्शन गर्न जानेहरूले टिकट किन्न अब पहिला जस्तो लामो लाइनमा बस्नुपर्ने भन्झट हुनेछैन । भक्तजनको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी टिकट खरिद गर्दा नगदरहित कारोबारलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले केबलकारले यस्तो व्यवस्था गरेको हो ।

टिकट खरिद गर्दा सोझै भक्तजनको मोबाइल र कम्प्युटरमा ई–टिकट प्राप्त हुन्छ । सोही टिकट देखाई केबलकारमा यात्रा गर्न सकिनेछ ।

२०७७ असोज १५ गते प्रकाशित

Loading...