Fri. Mar 29th, 2024

कोभिड १९ विज्ञान समस्या,चुनौती र अवसर

नारायण सुवेदी

हाल विश्व नै त्रसित र आक्रान्त बनिरहेको छ । विश्वमा पटक पटक र वेला वेलामा महामारीको चोप्टा खेपिरहेको छ । यस्तै विमिन्न महामारीमध्ये कोभिड १९ अर्याल नोवेल कोरोना भाइरसले भयावकृ अवस्था सिर्जना गरेको छ । यसको प्रत्यक्ष असर नेपालमा पनि परिरहेको छ ।

कोभिड १९ र विज्ञान समस्या चुनौती र अवसर सन् २०१९ को डिसेम्वरको अन्त्यवाट चिनको हुवे प्रान्तको वुहान शहरवाट नोवल कोरोना भाइरस नामक भाइरस रोग देखा परेको थियो । पछि यसलाई अध्ययन गदै जादा अमेरिकाको एक वैज्ञानिकले यसको नाम कोभिड १९ राखेका थिए । यो एक यस्तो किसिमको भाइरस हो जसमा यसले हामो्र श्वासप्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गर्दछ र फोक्सोलाइ छियाछिया पार्दछ र श्वासको एक माध्यमबाट अर्को व्यक्तिमा सजिलै सर्दछ भने त्यसलाई कोभिड १९ भनिन्छ । खासमा यो रोग के र कुन जनावर तथा वस्तुवाट सरेको भन्ने असर पत्ता लगाउन सकिएको छैन ् ।

विश्वका २१० वटा भन्दा बढी देशहरुमा यो फैलिसकेको छ । सवैभन्दा बढी युरोपियन देशहरुमा डोवा परेको छ । त्यसमा पनि वढीमात्रामा अमेरिकामा छन् जसमा ६४ लाख ६० हजार भन्दा वढी संक्रमित हुन् भने २ लाख भन्दा बढी यहि रोगका कारण मृत्यु भइसकेको छ । त्यसैगरि इटली रुसहरुमा तीव्ररुपमा संक्रमण फैलिरहेको छ । एसियन संक्रमणमा सवैभन्दा धेरै भारतमा देखा परेको छ । मिति २०७७ असोज १५ गते सम्मको डाटा हेर्ने हो भने पनि विश्वमा ३ करोड ४२ लाख ७० हजार ४४ जना कोभिड १९ बाट संक्रमित भएका छन् । त्यसैगरि १० लाख १९ हजार ६ सय ८० जनाको मृत्यु भएको छ भने २ करोड ५४ लाख ६२ हजार संक्रमण मुक्त भएका छन् ।

यसैगरी नेपालको हेर्ने हो भने पनि ७९ हजार ७ सय २८ जना संक्रमित भएका छन् । भने ५०९ जनाको कोभिडको कारण मृत्यु भैसकेको छ र ५७ हजार ३ सय ८९ जना निको भएका छन् । कोभिड १९ को संक्रमण तथा फैलावट ३ चरणमा भएको ध्ज्इ ले जनाएको छ । जसमा व्यक्तिवाट व्यक्ति संक्रमित व्यक्तिवाट परिवार र समुदायस्तरमा गरि फैलिने दावि गरिएको रहेछ । विश्व स्वास्थ्य संगठनले जसरी गरेका विमिन्न सचेताना सुचनाका आधारमा विमिन्न देशहरुले आफ्नो आफ्नो तरिकाले नियन्त्रका लागि विमिन्न उपायहरु अवलम्वन गरेका छन् । हालसम्म यसको औषधी नवनिसकेको अवस्थामा लकडाउन गरि सरकार नियन्त्रण गर्न लागी परेको छ । यद्यापी कोभिड १९ सँग विज्ञानका सिद्धान्त र प्रयोग भएका छन् ।

विज्ञान
तथ्य र कारणको संयोजन नै विज्ञान हो । जतिपनि नयाँ नयाँ वस्तु तथा प्रविधि निमार्ण भएका छन्् ति सवै विज्ञान तथा अध्ययन र अनुसन्धानले पत्ता लगाई प्रयोगमा ल्याएका वस्तुहरु छन् । मानिसका दैनिक जीवन मापन सँग जोडिएका सबै क्रियाकलापमा विज्ञान संगसगै आएका छन् । त्यतिठुलो र गहौ हवाइजहाजमा उड्न सक्नु , त्यतिठुला पानीजहाज पानीमा तैरन सक्नु विमिन्न ग्रह आग्रहमा यानहरु गान सक्नु भखरै चिनले प्राकृतिक सुर्य जस्तै त्यस्तै तातो खुलो कृतिम सुर्य निमार्ण गर्नु मानव जातिको मुटु बिकेर अर्को व्यक्तिमा सफल तरिकाले फेर्न यि र यस्ता आदि अपत्यारिलो कुराहरु आज विज्ञानकै कारण स्रन्अत भएका छन् ।

मानिसले गर्ने हरेक क्रियाकलापमा विज्ञान प्रत्यक्ष रुपमा जोडिन आएका छन् । मानिसले संसारमा जतिपनि चमत्कार र अपत्यरिले र असम्भव कुराहरुलाई पनि सहज र विश्वापसलो बनाउन विज्ञानले महत्वपूर्ण भुमिका खेलेको छ । विमिन्न क्षेत्रमा विज्ञानले गरेको प्रयासले असाध्यै रामो्र भएका छन् । भने त्यसै स्वास्थ्य क्षेत्रमा पनि उल्लेखित मात्रामा विज्ञानले सफलता हात पारेको छ । अझ भनौ भने स्वास्थ्य क्षेत्र र विज्ञान त नङ र मासुको जस्तै सम्बन्ध रहेको हुन्छ । विज्ञानले विमिन्न अध्ययन अनुसन्धान गरेका कारण मानिसले आफ्नो जिवन वरदान पाएका हुन् । यँहाभन्दा पहिले नै क्यान्सरको उपचारका लागी कडेनी फेर्ने मुटुको सल्यक्रिया जस्ता विमिन्न रोगको उपचारका लागी भ्याकिसन तथा क्रियाकलापका वारेमा विज्ञानले अनुसन्धान गरेर पत्ता लगाइसकेको छ । हाल विश्वमा कारोना भाइरस कोभिड १९ ले का्रन्तका परिरहेको छ । यस्तो अवस्थामा यस भाइरसलाई निस्तेज पार्न र यसको उपचार सफल पार्न तथा भ्याक्टिन निमार्ण गर्न अहिले विश्व नै एक जुट भई लागि परिरहेको छ ।

विमिन्न अध्ययन तथा अनुसन्धानहरु भइरहको हुन् । विज्ञान र प्रविधिमा भएका सम्पूर्ण वस्तु र उपलब्ध सो्रत र साधनलाई प्रयोग गरि यसमा व्यापक मात्रामा अनुसन्धान हुने क्रम जारि रहेको छ । विश्व स्वास्थ्य संगठन र विश्वका शक्तिशालि राष्ट्रहरु यसको अनुसन्धानमा पूर्णरुपमा लागि परेका हुन् । हालको तथ्याङक अनुसार चिनले चार प्रकार भन्दा बढीको भाइरस परिक्षणमा रहेको समाचारमा आइरहेका छन् । त्यसैगरी रुसले कोरोना विरुद्धको भ्याक्सिन सफल रुपमा परीक्षण भएको दावि पनि गरिसकेको छ । त्यस्तै अमेरिका लगायत अन्य मुलुकमा पनि विभिन्न अनुसन्धानहरु भइरहेको पाइन्छ । विश्वको सवैभन्दा ठुलो विश्वविद्यालय अक्सफोड युनिभसिटीले विमिन्न चरणको अनुसन्धान गरिरहेको र परिक्षणमा रहेको औषधीवाट मानिसमा झन विरामीपर्न थालेपछि सोको परिक्षण राखेको र अर्को अनुसन्धान थालनी गरिरहेको पनि जानकारीहरु आइरहेका छन् । यस्तै विज्ञानलाई प्रयोग गरी नेपालमा आयुवेर्दिक पद्धति र जडिवुटीको प्रयोग गरि परिक्षण शुद्ध गरिसकेको छ । यस्तै प्लाज्मा थेरापीवाट पनि कोरोनाविरुद्ध उपचारमा नेपाल लागी परिरहेको छ । यसरी विज्ञान विज्ञान र प्रविधिको प्रयोग गरी कोरोना भाइरसलाई परास्त पार्न विश्व एकजुट भई लागी परिरहेको छ ।

समस्या तथा चुनौतिहरु
नोवेल कोरोना भाइरस (कोभिड१९) विश्वमा हालसम्मकै खतरनाक भाइरस भएको विश्व स्वास्थ्य संगठन ( ध्ज्इ ) को दावी रहेको छ । यसले विश्वमा हालसम्म ९ लाख १९ हजार भन्दा माथिको मृत्यु भैसकेको छ । यो विश्वको लागि समस्या मात्र नभई चुनौतीको रुपमा खडा भएको छ । यो एक व्यक्ति सजक हुदैमा मात्र नियन्त्रमा आउने रोग भइकन यो पुरै विश्व जगत नै सजगता अपनाउनुपर्ने देखिन्छ । विश्वको एउटा कुनावाट देखिएको भाइरस अहिले विश्वव्यापी रुपमा रहेको छ । र नियन्त्रण भन्दा बाहिर रहेको छ । हाल अन्तिम रुपमा औषधि नआएसम्म यसको प्रयास नै कुनै पनि देश वा ठाउँमा लकडाउन पुर्णरुपमा अभmै पनि खुलेको छैनन् ।

कोरोना भाइरसका कारण निकै समस्याहरु र चुनौतिहरु देखा परेका हुन् । सवै क्षेत्र ठप्प छ जसले गर्दा अर्थतन्त्र वलाएमान हुन् हुन पाएका छैनन् । विश्वको परिवेशमा हेर्ने हो भने पर्यटकहरु आवतजावत गर्न पाएका छैनन् । आर्यातनिर्यात गर्न पाएका छैनन् सरकारले गनुपर्ने प्रियजन तथाप्रय भेटघाट तथा सरकारी प्रशासनिक काम गर्न पाएका छैनन् । विमिन्न अन्तराष्ट्रिय खेल खेलल नसक्नु सम्मेलन गर्न नसक्नु यो विश्वका लागि कोभिड १९ ले सिर्जना गरको चुनौति हुन । यि वाहेक हवाईउडान अन्तराष्ट्रिय श्रमिक लैजान ल्याउन नसक्नुले विश्वको अर्थततन्त्र तहसहस भएको छ । धेरै मानिसहरुले अकालमा आफ्नो ज्यान गुमाइरहेका छन् ।

त्यसैगरी विमिन्न भाषा , संस्कृति र आफ्नो संस्कार र चाडपर्वहरु मनाउन पाएका पनि छैनन् । यी र यिनै असर नेपालमा पनि रहेको छ । नेपालमा करिव ६० वर्ष यताकै अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिएको छ । जुन कोभिड १९ ले सिर्जना गरेको चुनौति हो । देशको आर्थिक वृद्धिदरमा पनि गिरावट आएको छ । जुन लक्ष्य भन्दा कमि छ । यसरी देशको शैक्षिक क्षेत्र , होटल व्यवसाय , यातायात तथा पर्यटन व्यवसाय त करिव २ वर्ष पछिसम्मको लागि ध्वस्ता भएको छ । त्यसैगरी बैकिङ क्षेत्रमा निक्षेपमा वृद्धि भई लगानी नहुनु देशका देशका लागी ठुलो घाटा हो । उद्योग कलकारखानाहरु सम्पूर्ण वन्द भएका कारण दैनिक ज्याला मजदुर गर्ने मजदुरको गास रोकिएको छ । र भोक भाकै सडकमा खालीपेटमा पटुका कसेर वस्न वाध्य छन् ।

नेपाल जस्तो विकसित देशका लागी यो ठुलो चुनौतिका रुपमा खडा भएको छ । जसले गर्दा देशको जनताको प्रतिव्यक्ति आय घट्दै जान्छ । कोभिड १९ का कारण वजार सबै बन्दका कारण किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरु बारीमै सडेर नष्ट भएका छ । जसका कारण कृषकलाई उठ्ने नसक्ने गरी घाटा लागेको छ । मल विउ अभावले भएको कृषिजन्य वस्तुमा हस आई भोकमरी लाग्ने समेत संकेत देखिन्छ । रोग भन्दा भोक ठुलो हो । यदि खान नपाएर नपाएर मानिसको मृत्यु हुन थालेमा डेरामा ठुलो मन्दी लाग्छ हालको अवस्थामा सरकारलाइ नि धौधौ परिरहेको छ । न कुनै अचुक औषधि बनेको छ न कोभिड १९ नियन्त्रण गर्न सकेको छ । दैनिक हजारौ संस्थामा संक्रमित थपिदै जादा झन ठुलो चुनौति प्रवा भएको छ । यसरी हरेक क्षेत्रमा आर्थिक संकट पदैैैैै जाने हो भने सरकारले राजश्व संकलन गर्न सक्दैन । अनि देश ठुलो मन्दीमा जान्छ र सबै क्षेत्र क्लोल्याप्स हुन जान्छ ।
अवसर

बेला बखतका विमिन्न संकट तथा महामारिले नरामो्र असर अवश्य पारिरहेको हुन्छ । त्यसको असर कालान्तरसम्म रहिरहन्छ । भनिन्छ अगुल्टो पनि नठोसी अझ चकम भएर बल्दैन त्यसैले महामारीले पनि एउटा विकास गर्ने अवसर भने पक्कै सिर्जना गर्दछ । भनिन्छ नि शोकलाइ शक्तिमा परिणत गरियो भने त्यसको ठुलो सफतला हात पार्न सकिन्छ । शोकपरो भन्दैमा झोक्रएर बसिरहयो भने झन त्यसले कहिल्लै अगाडि बढ्न सकिदैन ।

मानिसलाई मर्न वाहाना हुन्छ भने जीवन जिउनका लागी हजारौ बाहानाहरु हुन्छन् । भने झै यस कारोना भाइरस कोभिड १९ लाई पनि अवसरहरुको रुपमा लिनुपर्छ हरेक माहारीले विश्वलाई एउटा रामो्र सन्देश दिएको हुन्छ र त्यो हो रामो्र अवसर विश्वमा हरेक वर्ष एक न एक थरिका माहामारीहरु आइरहेका हुन्छन् । हो त्यस महामारीले एउटा नयाँ औषधी उत्पादन गर्ने अवसर प्रदान गर्दछ । त्यस्तै उदाहरण नेपालमा विं.सं. २०७२ वैशाख १२ गते महाभुकम्प आयो जसमा ६.९ रेक्टर रुकेलको थियो त्यसको धेरै असर विशेषगरी गोर्खा धादिङ , सिन्धुपाल्चोक लगायत अन्य जिल्लाहरुमा अति प्रभावित भएका थिए । यसले धेरै संरचना त ध्वस्त वनाए तर यसले एउटा अवसर दिलाएको थियो यदि नेपालमा त्यो भुकम्प आएको थिएन भने सायद पक्की भवन जुन अहिले वनेका छन् । ति घरहरु अव २० वर्ष पहाडी मात्र थिए ।

जनताको आर्थिक विकास गर्न सरकारलाई अवसर भएको थियो त्यस समयमा विमिन्न दातृ निकाय तथा विमिन्न मुलुकवाट अनुदान सहयोग दिएका कारण जनताको प्रतिव्यक्ति आमुव्यक्ति पनि वृद्धि भएको थियो । यो त थिये महामारी र संकट पनि अवसर दिन्छ भन्ने एउटा ज्वलन्त उदाहरण हो ।
त्यस्तै कोभिड १९ ले नि विश्वलाई संकटसगै निकै रामो्र अवसरहरु पनि प्राप्त गरेको छ । विश्वले एउटा नयाँ औषधिको पत्ता लगाउने अवसर पाएको छ । विमिन्न राष्ट्रहरुले आफ्नो क्षमता अनुसारमा लागी परिरहेका छन् अब सफलताको अन्तिम अन्तिम चरणमा पुगेको छ । विमिन्न देशहरुको यसलाई अवसरको रुपमा आफुले औषधी उप्पादन गरी निर्यात गर्ने मनग्य आम्दानी गने सोचमा रहेका छन् । यसैगरी यिनीहरुको स्वास्थ्य साम्रगी र उपकरण विक्रि गदै अर्को रकम आम्दानी गरेका हुन हाल परिस्थतिमा हेर्ने हो भने कोभिड १९ को महामारीको भरपुर फाइदा अवसर चिनले उढाइरहेको छ ।

विमिन्न देशमा उपकरण विक्रि गरि रकम आयात गरिरहेको छ । यस्तै नेपालले पनि यस अवसरको सदुप्रयोग गर्ने प्रयन्न गरिहेका छन् । विमिन्न आयुवेर्दिक औषधिमा अनुसन्धान गर्ने पुराना हस्पीटललाई मर्मत गरी सुचारु गर्ने नयाँ अस्पताल खोल्ने र कम पूर्वाधार विकास भएका अस्थाइवेड क्षमतम अभिवुद्धि गर्ने अवसर मिलिको छ । त्यसैगरी औषधि उत्पादन गर्ने उद्योग संचालन गर्ने आयुवेदिक औषधालयलाई मर्मत सम्भार गर्ने जस्ता कार्यहरुको क्षमता वृद्धि गर्ने जस्ता अवसरहरु नेपाल र नेपालीको लागी प्राप्त भएको छ । त्यसैगरी विश्वसामु नेपालीको श्रम गर्ने वानी त्यसलाइ चिनाउने नेपाली सन्तुलित खानाले गर्दा रोगसंग लड्न सक्ने क्षमता वृद्धि गर्छ भन्ने चिनाउने अवसर सिर्जना भएको छ । नेपालको विमिन्न जडीवुटी नै अचुक औषधि भने कुरा विश्व सामु चिनाउने अवसर काभिड १९ ले सिर्जना गरेको छ । त्यसैगरी सरकारका लागी पनि स्वास्थ्य क्षेत्रमा वजेट छुट्याउने पुर्वतयारी रहनुपर्ने भन्नेमा सजग गरानु पनि अवसर नै हो । यसरी महामारीले मात्र संकटन उत्पन्न गर्ने नभइकन त्यो संगै अवसरका वाहाहरु आउन भन्ने बुझन सकिन्छ ।

निष्कर्ष

यसरी कोभिड १९ को समस्या चुनौतिले विश्वासलाइ घेरेको छ । अव यि सबै समाधान गर्न विश्व एकजुट भई लाग्नुपर्छ । सबै व्यक्तिहरु नआत्ति आ–आफ्नो हाउवाट आफुले गर्न सकिन्छ त्यसलाइ पुर्ण पालना गर्नै अझ संक्रमण फैलनवाट वचाउने प्रयत्नवाट लगाउनुपर्छ । विश्वले यो भन्दा धेरै महामारी पार गदै आएको र यसवाट याद सिक्दै यस महामारीलाइ पनि परात्त गनुपर्छ । विमिन्न अनुसन्धान गरि छिटोभन्दा छिटो त्यसको औषधि पत्ता लगाई यस रोगलाई नियन्त्रण गनुपर्दछ । यसलाई ठुलो समस्या नलिई अवसरको रुपमा लिई राज्यले भए भरको शक्तिलाई लगाई विमिन्न अनुसन्धान गरि सो को नियन्त्रण का लागि औषधी पत्ता लगाउनुपर्छ र विमिन्न क्षेत्रलाइ चलाएमान वनाइ देशको अर्थतन्त्रसंगै सबै क्षेत्रलाई अगाडी बढाउनुपर्छ तसर्थ कोभिड १९ लाई त्यसका समस्या पत्ता लगाई विज्ञान र प्रविधिको प्रयोग गरि अनुसन्धान गरि चुनौतिको सामाना गरि यस अवसरकोरुपमा लिई यसलार्य हामी सबैले मिलि नियन्त्रण गनुपर्दछ र सवै क्षेत्रलाई पूर्ववत रुपमा फर्काउनुपर्दछ ।
नारायण सुवेदी

गजुरी गाउँपालिका वडा नं. ६

[email protected]

२०७७ असोज १६ गते प्रकाशित


About The Author

Loading...