Thu. Mar 28th, 2024

अस्ट्रेलियामा दसैं कपको तयारी

}

१६ असोज , अस्टेलिया –


दक्षिण अस्ट्रेलियामा दसैंको अवसर पारेर दसैं कप फुटबलको तयारी सुरु भएको छ । सात वर्षदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगितामा यस वर्ष करिब डेढ दर्जन टिमले भाग लिने छन् ।

फुटबल फेडेरेसन साउथ अस्ट्रेलिया र साउथ अस्ट्रेलियन एमेच्योर सकर लिगसँग आबद्ध भएर तेस्रो डिभिजन खेलिरहेको दक्षिण अस्ट्रेलियास्थित एडिलेड खुकुरी फुटबल क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो । हरेक वर्ष हुने प्रतियोगिता यही अक्टोबरको ३ र ४ तारिखमा हुनेछ । क्लबका महासचिव राजन लामिछानेका अनुसार यसपालि मुख्य नौ टोलीसहित ३५ वर्षमाथिका भेट्रानको समेत ६ टोलीले सहभागिता जनाउने छन् । यस्तै बालबालिका र महिला टिमले समेत प्रतियोगितामा भाग लिने छन् ।

दुईदिने प्रतियोगिताका विजेताले १ हजार ५ सय डलर पुरस्कार र ट्रफी तथा उपविजेताले ५ सय डलर पुरस्कार जित्नेछन् । भेट्रानतर्फ विजेताले ५ सय डलर पाउनेछन् । नेपालीको संख्या बढेसँगै प्रतियोगितामा हरेक वर्ष सहभागी टिमको संख्या बढ्दै गएको क्लबका पदाधिकारीले जनाएका छन् । प्रतियोगितामा नेपालीका साथै भारतीय र नेपालीभाषी भुटानी टोलीले सहभागिता जनाउने छन् भने अफगानी महिला टोलीले समेत भाग लिने आयोजकले बताए ।

२०७७ असोज १६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: