Fri. Mar 29th, 2024

तेक्वान्दो संघ धादिङका यी खेलाडीहरुले पाए डान उपाधि, बेल्ट र प्रमाणपत्र प्रदान

१८ असोज, धादिङ-

नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति धादिङले खेलाडीहरुलाइ ब्ल्याक बेल्ट र प्रमाणपत्र प्रदान गरेको छ ।

प्रथम डान ४५ औँ ब्याचको बेल्ट, दितिय डान ४८ औ ब्याचको बेल्ट तथा प्रमाणपत्र खेलकुद विकास समिति धादिङमा एक कार्यक्रमको आयोजना गरि प्रदान गरिएको नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति धादिङले जनाएको छ ।

खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप तामाङको प्रमुख आतिथ्यता आयोजना गरिएको समारोहमा धादिङ जिल्ला खेलकुद विकास समितिका सचिव एवं कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठ, तेक्वान्दो प्रशिक्षक रमेशमान तु्लाधर र खेलाडीहरु प्रदिप गिरी, डेनिड वि.क. लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तामाङले खेलाडीहरुलाइ प्रमाणपत्र र बेल्ट प्रदान गरेका थिए ।

यी खेलाडीहरुले पाए डान उपाधी
दोश्रो डान – श्यामकुमार पोखरेल
दोश्रो डान – सरोज घले
दोश्रो डान – मारियम तामाङ

४५ औ ब्याच प्रथम डान
प्रथम डान – डोल्मा गुरुङ
प्रथम डान – रेजिना बुढाथोकी
प्रथम डान – शिवानी घले
प्रथम डान – दिपेन्द्र ठकुरी
प्रथम डान – सुदिप ठकुरी
प्रथम डान – दिलबहाुदर थापा मगर

२०७७ असोज १८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: