२० असोज , धादिङ –
धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ गोगनपानीमा मोटरसाईकल दुर्घटना हुर्दा एक जनाको मृत्यु र एक जना घाईते भएका छन्।
गल्छी गाउँपालिकोे वडा नम्बर ८ गोगनपानी ग्रामिण सडकमा दुर्घटना भएको हो । बा ६४ प ६९६४ नम्बरको मोटरसाईकल दुर्घटना हुदा मोटरसाईकलमा सवार पछाडि बस्ने स्थानिय ६५ बर्षिय हरि बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए ।
सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयल गल्छीले जनाएको छ । घाइते हुनेमा मोटरसाइकल चालक मृतका छोरा राजन बुढाथोकी घाईते भएका प्रहरीले बताए ।
२०७७ असोज २० गते प्रकाशित
About The Author
Loading...