Fri. Apr 19th, 2024

गौतम बुद्ध क्रिकेट रंगशालालाई ३ करोड हस्तान्तरण

२२ असोज,हेटौडा –

वाग्मती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा बुधबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गरेका थिए ।

मुख्यमन्त्री पौडेलले धुर्मुस–सुन्तलीले उत्साहका साथ गरेको कामको प्रशंसा गर्दै रंगशाला निर्माण तीब्र गतिमा भएको भन्दै खुसी व्यक्त गरे । सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने उनले जानकारी गराए । सामाजिक विकास मन्त्री युवराज दुलालले पछि पनि सरकारको तर्फबाट सहयोग हुने प्रतिवद्धता व्यक्त गरे ।

फाउन्डेसनका अध्यक्ष कट्टेलले सहयोग रकम बुझ्दै प्रदेश सरकारको प्रशंसा गर्दै सरकारले सहयोग गर्छ भन्ने अपेक्षा रहेको भन्दै जग्गा दिएर सुरु गरेको र हाल रकम सहयोग गरेकोमा धन्यवाद दिए ।

रंगशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले काम गरिरहेको उनले जानकारी गराए । सहयोगी मनहरूले सहयोग गरिरहेको भएपनि लकडाउनले परिस्थिति जटिल बनाएको बताए ।

२०७७ असोज २२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: