Sat. Oct 31st, 2020

दसैंमा नयाँ नोट नदिने

२६ असोज,धादिङ –

यो वर्ष दसैंमा नयाँ नोट हात नपर्ने भएको छ। राष्ट्र बैंकले वर्षैंपछि पहिलोपटक सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा नदिने भएको हो। यसबारे आइबार औपचारिक सूचना जारीे गरी राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणका कारण नयाँ नोट सटही सुविधा बन्द गर्न लागेको जानकारी दियो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवती नेपालले एक साताअघि नै आफ्नो विभागका तर्फबाट सर्वसाधारणलाई नोट सटही नदिने घोषणा गर्न गभर्नर कार्यालयलाई पत्राचार गरिसकेको बताए। राष्ट्र बैंक स्रोतका अनुसार केही उच्चपदस्थलाई नोट सटहीको सुविधा दिनका लागि भए पनि यो सूचना जारी गर्न ढिलाइ भएको हुनसक्छ।

घटस्थापनाको एक साताभन्दा पनि कम समय बाँकी रहँदा राष्ट्र बैंकले यस्तो सूचना जारी गर्ने भनेको छ। यसबाट हरेक वर्ष बजारमा प्रवाह हुने साना दरको नोटमा भने समस्या पर्नसक्ने व्यवसायीले बताए।

२०७७ असोज २६ गते प्रकाशित

Loading...