Thu. Nov 26th, 2020

धादिङका थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि

५ कार्तिक, धादिङ–


धादिङमा थप एक सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु नीलकण्ठ नगरपालिकाका ४३ जना, धादिङ अस्पतालका २५ जना, गजुरी गाउँपालिकाका १६ जना, बेनीघाट रोराङ गाउँपालिकाका ४ जना, ज्वालामुखी गाउँपालिका, थाक्रे गाउँपालिकाका र धुनीबसी नगरपालिकाका ३/३ जना, गल्छि गाउँपालिका र त्रिपुरा सुन्दरी गाउँपालिकाका २/२ जना गरी १ सय १ जना रहेका छन् ।

यो सँगै धादिङमा संक्रमितको सङ्ख्या १ हजार पुगेको छ ।

२०७७ कात्तिक ५ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: