Thu. Nov 26th, 2020

बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

६ कार्तिक, धादिङ–


बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमित भएका छन् ।

उनी अहिले सुरक्षाविधी अपनाएर होम आईसोलेशनमा छन् ।रुघाखोकी लागेपछि पौडेलले पीसीआर टेष्ट गराएका थिए । बिहिवार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनका प्रेस सल्लाहकार प्रकाश दाहालले जानकारी दिए ।

उनी सङ्गै उनका धर्मपत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा समेत कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

२०७७ कात्तिक ६ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: