Thu. Nov 26th, 2020

धादिङमा जीप दुर्घटना, पाँच जना घाईते


१४ कात्तिक, धादिङ–

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको सलाङघाटमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

बुटवलबाट काठमाडौँ जाँदै गरेको बा १२ च ४४१० नम्बरको जीप सडकबाट खोल्सामा खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिए ।

दुर्घटनामा घाईते भएकाहरुको उद्धार गरि राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

२०७७ कात्तिक १४ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: