Thu. Nov 26th, 2020

नीलकण्ठ नगरपालिकाको सुझाव संकलन पेटीकामा पाँचवटा उजुरी


१४ कात्तिक, धादिङ–


धादिङको नीलकण्ठ नगरपालिकामा राखिएको सुझाव संकलन पेटीकामा पाँचबटा गुनासो तथा उजुरी परेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी सेवालाई थप प्रभावकारी बनाउन गत असोज १ गते स्थानीय तहहरुमा गुनासो तथा सुझाव संकलन पेटीका राखिएको थियो ।

एक महिनाको अवधिमा बागमती प्रदेश अन्र्तगत ३१ वटा स्थानीय तहमा राखिएको पेटिका मध्ये मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालीकाको कार्यालयमा राखिएको पेटीकाबाट एक र नीलकण्ठ नगरपालिकाको कार्यालयमा राखिएको पेटीकाबाट ५ वटा गरी जम्मा ६ वटा गुनासो तथा उजुरी प्राप्त भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिए । बागमती प्रदेश अन्तर्गतका ३१ वटा स्थानीय तहमा प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि राखिएको गुनासो तथा सुझाव संकलन पेटीमा प्राप्तक भएका गुनासो तथा सुझाव संकलन गरीएको छ ।

बागमती प्रदेश अन्तर्गतका ३१ वटा स्थानीय तहमा प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि गुनासो तथा सुझाव संकलन पेटीका राखिएको थियो । प्रदेश प्रहरी अन्तर्गतका १० वटा जिल्लाहरुमा रहेका एक महानगरपालिका, एक उपमहानगरपालिका, २५ वटा नगरपालिका र सदरमुकाम रहेको गाउँपालिका एउटा र राजमार्ग क्षेत्रमा रहेको तीन वटा गाउँपालिका गरी ३१ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राखिएको थियो ।

उजुरी पेटीकामा नागरिकहरुले प्रहरी कार्यालय र प्रहरी कर्मचारीको कामकारबाहीका सम्बन्धमा आफ्नो गुनासो, सुझावका साथै अन्य क्षेत्रमा आवश्यक पहलका लागि प्रहरी संग राखिएको अपेक्षाहरु समेत राख्न सक्ने छन । अन्य क्षेत्रसंग सम्बन्धीत रहेका गुनासो तथा सुझावहरुलाई आवश्यक सम्बोधनका लागि सम्बन्धीत निकायमा पठाईने छ ।

उजुरी पेटीकामा प्रहरी कार्यालय र प्रहरी कर्मचारीको काम कार्बाहीका सम्बन्धमा गुनासो, सुझाव उजुरी पेटीमा राख्न सक्नेछन् । अन्य क्षेत्रसँग सम्बन्धित रहेका गुनासो तथा सुझाबहरुलाई पनि सम्बन्धित निकायमा पठाइने बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिए ।
धादिङको दुई वटा नगरपालिका नीलकण्ठ र धुनीबेसी तथा तीनवटा गाउँपालिका गल्छी, गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा राखिएको छ ।

२०७७ कात्तिक १४ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: