Thu. Mar 28th, 2024

कोरोना संक्रमित गजुरी गाउँकार्यपालिका सदस्यको मृत्यु


२० कात्तिक, धादिङ–


कोरोना संक्रमित धादिङको गजुरी गाउँपालिकाका कार्यपालिकाकी सदस्यको ज्यान गएको छ ।

धादिङ गजुरी गाउँपालिकाकी ४० वर्षीय ती महिलाको बिहीबार मनमोहन मेमोरियल अस्पतालमा ज्यान गएको हो । महिलामा सात दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

दुवै मृगौलाले काम गर्न छाडेपछि नियमित मनमोहन मेमोरियल अस्पतालमा डायलासिस गराउँदै आइरहेकी थिइन्। ती महिला गाउँपालिकाद्वारा मनोनित कार्यपालिका सदस्य एवं गाउँपालिकाको न्यायिक समितिका सदस्य पनि थिइन् ।

२०७७ कात्तिक् २० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: