Thu. Nov 26th, 2020

सुनको मूल्य एकै दिन ३ हजार ४ सय घट्यो

२५ कार्तिक, धादिङ –

मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। पछिल्लो समय उकालो लागिरहेको सुनको मूल्य मंगलबार प्रतितोला ३ हजार ४ सयले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदी सोमबारको भन्दा प्रतितोला ७० रुपैयाँ घटेर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको कारोबार प्रतितोला ९८ हजार २ सयमा भएको थियो।

२०७७ कार्तिक २५ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: