Thu. Nov 26th, 2020

तिहार नेपालीहरुको दोस्रो महान पर्व

राधिका अधिकारी –


तिहार हिन्दु धर्मावलीको दशै पछिको दोस्रो पर्व हो । नेपालमा वडादसै जस्तै तिहारको त्यतिकै महत्व छ । हिन्दुहरुको महान चाड तिहार दिपावलिको रुपमा यस पर्वलाई धुमधामका साथ मनाइन्छ । यस पर्वलाई विशेष गरी दिपहरुको झिलिमिलि चाड दिपावली भनिन्छ ।

यस पर्व तिहार कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि कार्तिक शुक्ल द्धितीयासम्म कााग तिहार , कुकुर तिहार,लक्ष्मीपुजा (दिपावली गाई तिहार र भाइ तिहार गरेर पाँच दिन लगातार मनाइने गरिन्छ । हिन्दुहरुको महान पर्व आफ्नै व्यहारिक ,सांस्कृतिक,मनोवैज्ञानिक तरिकाले मनाउने गरिन्छ । तिहारको पहिलो दिन काग तिहार घरआँगनको फोहोरमैला सफा गर्ने कागको पुजा गरिन्छ ।
तिहारको दोस्रो दिन कुकर तिहारका दिन कुकरको पुजा गरेर कुकर तिहार मनाइन्छ तिहारको तेसो्र दिन लक्ष्मीपुजाका दिन धनकीदेवि लक्ष्मीको पुजा र दिपावली गरेर मनाइन्छ गाईतिहारका दिन गाईको पुजा गरेर गाईतिहार मनाइन्छ . गाई हिन्दुहरूका लागि लक्ष्मी हुन् त्यसैले गाईलाई गौमाता भन्ने गरिन्छ भन्ने गाईको दुःध जति पोशिलो हुन्छ, त्यत्ति नै गाईको पिसाब र गोबर पनि महत्वपूर्ण हुन्छ ।

तिहारको चौथो दिन गोरु पुजा गरिन्छ । त्यसैले गोरु तिहार र गाईगोरुको संरक्षण तथा संवृद्धिका लागि गोवद्र्धन पुजा गर्ने चलन चलेको हो । तिहारको अन्तिम दिन भाइटीका पर्छ यस भाइतिहारमा दिदी,बहिनी,दाज,भाइ जम्मा भएर अष्ट चिरञ्जीवी (अश्वत्थामा,बलि, व्यास, हनुमान, विभीषण, परशुराम, प्रल्हाद) र यम यमुनाको पुजा गरी दाजुभाइलाई दिदीबहिनीले निधारमा मंगलटीका र कहिल्यै नओइलाउने मखमली फुलको माला लगाइदिएर मनाउने गरिन्छ दसैंतिहार होस् वा कुनै पनि बेलमा हो निधारमा टीका लगाउने प्रचलन हाम्रा ऋषिमुनी (प्राचिन वैज्ञानिक) हरुको महान् आविष्कार हो निधारमा टीका लगाउनुका वैज्ञानिक महत्व छ ।

झिलिमिलीको चाड, तिहारमा घरलाई झिलिमिली बनाइ पुजाआजा गर्ने तथा टीका लगाउनुको साथै भैलो र देउसी खेल्ने परंपरा छ देउसीभैलोको पनि आफ्नै समाजिक तथा मनोवैज्ञानिक महत्व छ यो परंपरा मनोरञ्जनका साथसाथै समाजिक सद्भाव विकासका लागि सुरु गरिएको अनुमान गर्न सकिन्छ ।

शब्दकोशका अनुसार कार्तिक कृष्ण औँसी र गाईतिहारका दिन लक्ष्मीपुजाको उपलक्ष्यमा गाइने विशेष किसिमको गीत त्यतो गीत घरघरम गाउँदै हिँड्दा श्रद्धाले दिइएको चिज लिँदै हिँड्ने सांःकृतिक उत्सव मनाउने काम भैलो हो . भैला लक्ष्मीपुजा गरेपछि मनाउने चलन छ । लक्ष्मीपुजाको वा गाईतिहारको भोलिपल्ट र पर्सिपल्ट (भाइटीकाको दिन) घरघर घुम्दै एउटाले भटयाउँदै सहयोगीहरूले सम्याउने आसिक गाथा र सोही गाथाले गाउँदै माग्दै देउसीलाई आसिक दिने एउटा हिन्दुहरुको परम्परा पहिलेद्खि नै चल्दै आएको हो । त्यसैले हामी लक्ष्मीपुजाको दिन देखि हरीबोधन एकादशी दिन सम्म देउसी खेल्ने गरिन्छ । त्यसैले तिहार एक हिन्दुहरुको विशेष पर्व हो ।

हिजो आज यस उत्सवलाई विकृति बढदै गइरहेको छ । एकादशीसम्म घरघरको ढोका ढकढकाएर जबरजस्ती पैसा असुलेर मनाउने प्रवृत्ति बढेको छ हाम्रा हरेक परंपरा तथा सांकृतिक पर्वहरूमा यसरी नै दिनप्रति दिन विकृतिहरू हावी हुदै गएको छ यहाँ नियमकानुनहरू विपरीत भइरहेको छ हरेक वर्ष स्थानिय निकायहरूले एउटा औपचारिकता निभाउँछन देउसीभैलोलाई थोरै रूपैयाँ भन्दा बढी चन्दा तथा दानदक्षिणा नदिन सर्वसाधारणका नाउँमा सुचना जारी गर्छन् तर त्यसको पालना भएको पाइदैन् वरिष्ट प्रहरी अधिकृतका घरहरूमा नै पटकाहरू पड्किएको देखिन्छ आम नागरिकको कुरा परै छोडौँ, नेताका कुराहरू त झन् परै छोडौँ, आफुलाई समाजका सचेत नागरिक हौ भन्नेहरूले पनि यसको पालना गर्नुभएको देखिदैन ।

देउसीभैलोमा जबरजस्ती पैसा ठग्ने कार्य जति निन्दनीय छ, त्यत्ति नै खतरनाक पनि छ जुन उद्देश्यका लागि यो उत्सवको सुरुवात गरिएको हो, हिजोआज त्यसको उचित पालना नभएको देखिन्छ । ठुलाको सिको सानाले गर्दैछन् आफ्नो हैसियत अनुसारको पर्व मनाउनु पर्दछ । अहिलेको युगमा रूपैयाँ पैसा अत्यावश्क कुरा हो रूपैयाँ पैसा बिना मानिसको जीवन चल्न सक्दैन आममानिसको कुरा त परै छोडौं, घरपरिवार सब त्यागेका सन्यासीलाई समेत पैसा आवश्यक पर्छ यहि रूपैया पैसाको यही महत्वलाई ध्यान दिनुपर्दछ ।

लक्ष्मीपुजाको आफ्नै किसिमको विशिष्ट महत्व छ यो व्यवहारिक र वैज्ञानिक कुरा पनि हो । धनकी देवी लक्ष्मी हन् लक्ष्मीको पुजा गरेपछि धनसम्पत्ति पाइन्छ भन्ने मान्यता बसेको हो मनोवैज्ञानिक दृष्टिले लक्ष्मी तथा सरस्वती आदि जस्ता देवि देउताहरू मानव मनमस्तिष्कमा गहिरो ज्ञान राख्ने ऋषिमुनीहरू(प्राचिन वैज्ञानिकहरू) को एक महान् मनोवैज्ञानिक आविष्कार हो । यस चाडमा खास गरी पटका पड्काएर मनोन्जन लिने चलन निकै बढ्दो छ । तर त्यसले मानिसको अंगभंग हने मानिसको मस्तिकमा नरामो्र असर पर्न जान्छ । त्यसैले हामीले चाडपर्वलाई सभ्य तरिकाले मनाउनु पर्दछ ।

यसलाई नेपालीहरुले दशैमा भन्दा बढी तिहारलाई रमाइलो गरेर तिहार मनाउछन् । पर्वमा विशेष त जुवातास रमाइलो देखासिकी र तडक भडक गरेर पर्व मनाउँदा सामाजिक विकृति ल्याउँछ चाडपर्वका बेला उपभोग बढ्ने भएकाले यसैबेला खाद्यवस्तुको मुल्य र गुणस्तरसम्मका कुरामा सचेतना आवश्यक छ .गुणस्तरहीन वस्तु बिक्रीवितरण हुने सम्भावना बढी हुन्छ । यस्ता अखाद्यवस्तले स्वाथ्यमा गम्भीर असर गर्दछ । उपभोक्ता र बिक्रेता सचेत हुन आवश्यक छ ।
तिहारमा बत्ती बालेर घर उज्यालो पारिन्छ पटका पड्काएर रमाइलो गरिन्छ । तर, सामान्य लापरबाहीले ठुलो नोक्सानी व्यहोर्नुपर्छ .धन, सुख, समृद्धिका लागि विभिन्न नाममा विभिन्न समुदायले फरकफरक ढङ्गले पुजा गर्ने र उत्सव मनाउने गर्दछन् । आफ्नो हसियत अनुसार घाटी हेरि हाट निल्नुपर्दछ । हामीले आफ्नो जस्तो छ त्यस्तैमा खुसी भएर चार्वपर्व सभ्य तरिकाले मनाउन सिक्नुपर्दछ ।

तिहार नपालीहरुको ज्यादै रमाइलो र महत्वपूर्ण पर्व हो । यस बेला प्रकृति पनि ज्यादै रमणीय देखिन्छ । खतेमा झुल्ने धान घर आगँनमा ढकमक्क फुलेको सयमत्री र मखमली आदिले तिहारको सौन्दय बढाएको देखिन्छ यस चाडमा गरिने पुजा र हरेक क्रियाकलापले सन्मार्गमालाग्ने पे्ररणा दिन्छ । नेपाली समाजमा ज्यादै प्रिय बनेको र संस्कृतिक एकता कायम गर्ने सफल बनेको तिहार चाडको महत्वलाई अझै बढाउनु पर्दछ ।

तिहार नेपालीको चाडपर्व हो हिन्दु मात्र नभई विभिन्न समुदायका मानिसले तिहारलाई मनाइरहेका छन् . हरेक चाडपर्वले मानिसमा मेलमिलाप, खुशियाली ल्याउनुपर्छ, सामाजिक सद्भावना र शान्ति बढाउनुपर्छ र जीवनलाई सुखमय बनाउनु पर्दछ ।

२०७७ कार्तिक २७ गते प्रकाशित
.

Loading...