Thu. Nov 26th, 2020

कोरोना भ्याक्सिन परीक्षण सफल हुनासाथ ल्याइने

२ करोड १० लाख नेपालीलाई खोप चाहिने, करिब ६० अर्ब खर्च लाग्ने अनुमान

२७ कार्तिक, काठमाडौ –

कोरोना खोपको परीक्षण सफलताउन्मुख भइरहेका बेला नेपालमा ल्याउने तयारी सुरु भएको छ । हाल बेलायत, अमेरिका, चीन र रुसले कोरोनाको खोप बनाएर तेस्रो चरणको परीक्षण गरिरहेका छन् । तेस्रो चरण सफल भइसकेपछि ती खोप ल्याउन नेपालले तयारी थालेको हो ।
नेपाल विश्वव्यापी खोप सुविधा पाउने ‘कोभाक्स’ मा सामेल भएकाले विश्व बजारमा खोप आउनासाथ नेपालीले प्रयोग गर्ने गरी ल्याउने तयारी छ । स्वास्थ्य मन्त्रालयले कोरोना खोपको ओसारपसार, भण्डारण, कोटेसन, लगानी र खोप लगाउने स्वास्थ्यकर्मीबारे गृहकार्य सुरु गरेको छ । खासगरी खोपको कोल्ड चेनलाई लिएर तयारी सुरु भएको हो ।

प्रदेशहरूलाई पनि सबै तयारी गर्न भनिएको छ । विशेष रूपमा खोपको ढुवानी र भण्डारणबारे काम गर्नुपर्नेछ किनभने यो धेरै न्यून तापक्रममा भण्डारण गर्नुपर्छ । खोप धेरै ताप संवेदनशील रहेको कुरा आइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा । समीरकुमार अधिकारीले भने, ‘भ्याक्सिन कहिलेबाट बजारमा आउँछ र प्रयोग सुरु हुन्छ भन्ने निश्चित नभए पनि केही समयमा आउँछ । कोभाक्समा हामीले एप्लाइ गरेका छौं, त्यहाँबाट हामीले पनि खोप पाउँछौं ।

२०७७ कार्तिक २७ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: