Thu. Nov 26th, 2020

गोली हानी युवतीको हत्या

२७ कार्तिक, रौतहट –

रौतहटको माधवनारायण नपा ५ मा बुधबार राति एक युवतीको गोली हानी हत्या गरिएको छ। सो नगरपालिकाको लौकाहाटोलमा राति ११ बजे घरमा सुतिरहेको अवस्थामा १८ वर्षीया अमृताकुमारी साहको हत्या गरिएको हो।

राम अयोध्या साहकी छोरी अमृताको हत्या भएको र अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनाको सुक्ष्मरुपमा अनुशन्धान भैरहेकोले दोषी चाडोभन्दा चाडो पक्राउ पर्ने रौतहटका सिडिओ इन्द्रदेव यादवले बताए।


२०७७ कार्तिक २७ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: