Fri. Mar 29th, 2024

बालुवाटारमा नेकपा बैठक सुरु, ओली पनि सहभागी

३ मंसिर, काठमाडौ –

नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।
अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि ओली चिढिएका थिए भने उनले आजको बैठक नराख्न लबिङ गर्दै आएका थिए ।

तर, ओली इतर समूहले बैठक स्थगित गर्न अस्वीकार गरेपछि ओलीपनि अन्ततः बैठकमा सहभागी भएका हुन् ।

स्रोतका अनुसार सचिवालय बैठक केहीबेर बसेर स्थगित गर्ने गरी तयारी भएको छ ।नेकपाभित्रको विवाद उग्र बन्दै गएपछि मंगलबार दिनभर नेताहरुको दौडधुप बढेको थियो भने राष्ट्रपतिले समेत चासो देखाउँदै ओली र प्रचण्डसँग छलफल गरेकी थिइन् ।

२०७७ मंसिर ३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: