Thu. Nov 26th, 2020

सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्यो

५ मंसिर, धादिङ –


शुक्रबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घटेको छ । बिहीबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ शुक्रबार भने ९४ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै शुक्रबार तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबारको तुलनामा मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार २ सय १५ रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार एक हजार २ सय १० रुपैयाँमा झरेको छ ।

२०७७ मंसिर ५ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: