Thu. Nov 26th, 2020

धादिङ गलौदीमा टिप्पर र कार ठोकिदा एकजनाको मृत्यु तिन जना घाइते

७ मंसिर , धादिङ –

धादिङको गजुरी गाउँपालिका ५ गलौदिमा टिप्पर र कार एक–आपसमा ठोकिदा एक जनाको मृत्यु तिन जना घाइते भएका छन् ।

आइतवार विहान मुग्लिनबाट काठमाडौ तर्फ जादै गरेको बा २ ज २३५६ नम्वरको कार र विपरीत दिशाबाट जादै गरेको बा ४ ख ८१४३ नम्वरको टिप्पर एक आपसमा ठोकिदा एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिकाका २४ वर्षिय दिपेश केसी रहेका छ । अन्य तीन जना दुर्घटना परी घाइते भएका छन् । घाईतेहरुलाई गजुरी सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात काठमाडौ रिफर गरिएको प्रहरी जानकारी दिए ।

२०७७ मंसिर ७ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: