Mon. Jan 25th, 2021

विद्यार्थीहरुलाई व्याक टु स्कुल किट सामग्री वितरण


१० मंसिर, धादिङ–

विभिन्न कारणले विद्यालय छाडेका र छाड्ने सम्भावना भएका धादिङका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई व्याक टु स्कुल किट सामग्री वितरण गरिएको छ । जिल्लाको १० विद्यालयहरुका ७ सय ६० जना अतिविपन्न छात्र÷छात्राहरुलाई सामग्री वितरण गरिएको छ ।

डिएफ आईडिको आर्थिक सहयोग तथा भिएसओ नेपाल सँगको साझेदारीमा आसमान नेपालद्धारा संचालित बहिनी शिक्षाका लागि दिदी कार्यक्रम भाग २ अन्तर्गत सामग्री वितरण गरिएको हो । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको राष्ट्रिय मा.वि, राष्ट्रिय आ.वि, गोईराङ आ.वि, शंखादेवि मा.वि, सिद्धलेक गाउँपालिकाको अकलादेवि मा.वि, पञ्चमुखि मा.वि, कालिदेवि मा.वि, गगाँजमुना गाउँपालिकाको बसेरी मा.वि, शिवालय मा.वि र निलकन्ठ नगरपालिकाको कर्णेश्वर मा.वि का विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

नेपाल सरकारले तयार पारेको विभिन्न स्वअध्ययन सामग्रीहरुलाई पुन प्रकाशन गरि कक्षा ७ र ८ का छात्र÷छात्राहरुलाई क्रमश ः २ सय १६ र २ सय ३३ थान वितरण गरिएको आसमान नेपालका धादिङका जिल्ला संयोजक सुनिल केसी ले जानकारी दिए । त्यसैगरी लामो समय देखि शैक्षिक क्षेत्रमा परेको प्रभावलाई कमगर्न तथा बालबालिकाहरुको सिर्जनात्मक क्षमताको विकास गर्नका लागि गान्धीको जिवनी, द्धन्द्धको कथा, निवन्धका पुस्तकहरु, र अग्रेँजीव्याकरण गरी १ सय ५५ थान वितरण गरिएको केसीले जानकारी दिए ।

आसमान नेपाल र व्रिटिस काउन्सिल द्धारा संचालित इडिजिइ समुहका सदस्यहरुलाई समेत २ सय ५५ थान स्वअध्ययन सामग्रीहरु वितरण गरिएको छ । कोभिड १९ लगाएत अन्य कारणले बालबालिकाहरुले विचै मा विद्यालय छाड्नु नपरोस र यी सामग्रीहरुले सहायता पुग्ने अपेक्षाा सहित सामग्री वितरण गरिएको आसमान धादिङका कार्यक्रम सयोँजक सन्तोष सत्यालले जानकारी दिए । स्वअध्ययन लगाएतका अन्य शैक्षिक सामग्री पाएसगैँ आर्थिक रुपले विपन्न विद्यार्थीहरुलाइ विचैमा विद्यालय छाड्नुपर्ने बाध्यता समेत टरेको पञ्चमुखीमा.वि मैदानका प्र.अ महेश कुमार श्रेष्ठले बताए ।

२०७७ मंसिर १० गते प्रकाशित

Loading...

अन्य समाचारहरु: