Fri. Mar 29th, 2024

लुटिएको अस्मिता

मुक्तिकला लामिछाने (सरु)


दिनको प्रहर ढल्दै थियो
पूर्वसन्ध्याटर्दै गोधुली संसारमा
म आफ्नै मौनतामा हराएकी थिएँ
अनायासै
मन अमिलिएर कुडिँदा
ठीकत्यही समय
चित्कार सुनेँ आकाशवाणी जस्तै
आवाज सुनिँदै थिए– ‘बचाऊ मेरो अस्तित्व’
‘आमाकता हुनुहुन्छ, ए आमा बचाउन मलाई’
तब,
तोडियो मेरो मौनता
हराए विचारका ज्वारा भाटा
मसानघाट जस्तै घायल मस्तिष्क
अत्तालियो खोज्दै त्यो आवाज ।

आवाज भेट्ने व्यग्र चाहनामा
जाँदै थिएँ जङ्गलतिर
चल्नै चाहँदैन थिए डेगहरू
सन्त्रासको आगोमा जल्नलाई
तर पनि,
जानु तछँदै थियो
जो मलाई पुकार्दै थियो
विभत्स चित्कारले त्यहाँ
अदम्य साहस बोक्दै चाले आफ्ना पाइला
पुगे जङ्गलबीच
ठूलो कटुसको रुखमुनि
देखे आफ्नो प्रतिच्छायाँ
रक्ताम्य थियो धर्ती
कटुसको काडाँमा थिए उटा निर्जीव जस्तै अचल शरीर
हेर्दै थिएँ– रुखका जोडिनै लागेका टुप्पाहरूलाई
तीनिरीह आँखाहरूले
गर्दै थिए प्रश्न मलाई
‘आमा मेरा लागित्यो कोख भयौ किन?’
दूधको साक्षी बिरालो किन पठायौ मलाई ?
त्यसैले त आजको खिलाको अमिटघाउ बने
तिम्रो जिन्दगीभर
म अवाक भएँ ! एकोहोरो उसको शरीर हेर्दै
पश्चातापको भूमरीमा रुमल्लिएँ
सोचेँ,
त्रेता र द्वापरमा सीता र द्रोपदीको कथा भन्दा पनि
भयङ्कर लाग्यो आफ्नो आँखा अगाडिको कथा
लुटिएको थियो स्वाभिमान अरू कसैबाट
तर अपसोच,
यहाँ त लुटियो आफ्नैबाट,
तोडियो इतिहास
इतिहासका पात्र त दुर्योधन र रावणको
अभिमानको सिकार भएका थिए
तर, निमोठियो आफ्नै बीजबाट
मायावी इन्द्रको स्त्रीमोहलाई
थाहा पाउँदा पाउँदै पनि
आफ्नै पतिबाट
श्राप पाएकी अहिल्याको कथा भन्दा पनि
दर्दनाक भयो परिस्थिति
मालीले नै फूल भाँचेपछि
रक्षक नै भक्षक भएपछि ।

समयको मलम पट्टीसँगै दिनहरू बित्दा पनि
रुग्ण र विक्षिप्त मन अनित नलिएर
आफुले आफैलाइ छल्न खोजेँ
तर पनि
बौरिएको जीवनसँग
अस्वत्थामा जस्तै शिरको घाउ लिएर
नचाहेर पनि बाच्नुको विवसता
हो आमा तिमीले बुझिनौँँ
तिमीलाई समाजको डर लाग्यो
त्यो पापीको डर लाग्यो
त्यसैले त म जस्ता कैयन छोरीहरू आफ्नैबाट लुटिए
विना पहिचानको जीवन जिउन लाचार भए
म यी सबैको अधिकारका लागि
देह तिलाञ्जली गर्नेहरूको आत्म शान्तिकाखा तिर
खोटो जीवन लिएर
तमाम म जस्ताहरूका निम्ति
बाचेकी छु अमृतको तृष्णामा
प्याला भित्र सजाएको विष पिएर
लड्नेछु ज्यानको बदलाज्यानको निम्ति
दृढ निश्चयको सङ्कल्पलिएर ।
लेखक आर्दश बहमुखी क्याम्पस गजुरीमा उप –प्राध्यापक हुनुहुन्छ ।

२०७७ मंसिर १८ गते प्रकाशित

About The Author

Loading...