Fri. Mar 29th, 2024

काठमाडौ उपत्यकामा पानी नपर्दासम्म वायु प्रदूषण कायमै रहने, सचेत रहन विज्ञको सुझाव

२२ पुस, धादिङ –

मङ्गलबार काठमाडौँ उपत्यका विश्वकै सबैभन्दा प्रदूषित शहरको रुपमा कायम भयो । लामो समयसम्म हावा नचल्दा र पानी नपर्दा धुलो र धुँवाको तह वायुमण्डलमा जमेका कारण यो अवस्था आएको वातावरणविद् तथा मौसमविद्हरुले बताएका छन् ।

काठमाडौँ मात्र हैन नेपालका अन्य ठूला शहरहरुमा पनि वायु प्रदूषणको अवस्था खतराजनक अवस्थामा पुगेको छ । वातावरणविद्हरु राजधानीमात्र नभएर उपत्यका बाहिरका शहरहरुको अवस्थापनि बिग्रदै गइरहेको खतराको अवस्था नजिक पुगेको बताउँछन् ।

मंगलबार काठमाडौँको वायु प्रदूषणको मापान इकाई एक्यूआई ४३७ पुगेर खतरनाक तह पार गरेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार एक्यूआई २५ हुनुपर्ने र ५० सम्मलाई राम्रो मान्ने गरेको छ । हिजोजस्तै आजपनि काठमाडौँ विश्वको प्रदूषित शहर मध्येमा रहेको छ । आइक्यूएयरको आँकडा अनुसार हावाको गुणस्तर एक्यूआई २६४ पुगेको छ ।

काठमाडौँ विश्वको सबैभन्दा प्रदूषित शहर र घातक अवस्थामा पुगेपछि सरकारले घरबाहिर हिँड्न सचेत समेत गराएको छ । तर यो अवस्था केही समय रहन सक्ने भएपनि अब बिस्तारै सुधार हुँदै जाने संकेत देखिएको मौषमविद्ले बताएका छन् । वरिष्ठ मौषमविद् वरुण पौडेलले आजदेखि घाम लाग्ने भएकोले जमेर बाक्लो भएको वायुमण्डलमा हावा फाटेर प्रदूषणको तह केही कम हुन सक्ने बताए ।

२०७७ पुस २२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: