Fri. Mar 29th, 2024

अमेरिकामा एकैदिन २ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

२८ पुस , एजेन्सी –

अमेरिकामा एकैदिन २ लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार सोमबार मात्रै अमेरिकामा २ लाख ४ हजार ६ सय ५२ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै सोमबार कोरोनाका कारण थप १ हजार ७ सय ३१ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ७६ हजार नाघेको छ भने २ करोड २६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्ला ७ दिनमा अमेरिकामा लगातार २ लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ । पछिल्लो हप्तामा मात्रै अमेरिकामा १७ लाखभन्दा बढीमा कोरोना संक्रमण भएको र करिब २० हजारको मृत्यु भएको सीएनएनले जनाएको छ ।

कोरोना महामारीबाट विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोनाविरुद्ध दुई वटा खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको छ । मोडर्ना र फाइजर–बायोएनटेकको गरी अमेरिकामा २ करोड ५४ लाखभन्दा बढी डोज कोरोना खोप वितरण भइसकेको छ ।

सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर ९ करोड ९ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ५ करोड ३ लाखभन्दा बढी निको भएका छन् । त्यस्तै कोरोनाका कारण अहिलेसम्म १९ लाख ४५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

२०७७ पुस २८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: