Mon. Jan 25th, 2021

चन्द्रागिरिमा एक पुरुषको हत्या आरोपमा एक पक्राउ

२९ पुुस , धादिङ –

काठमाडौंको चन्द्रागिरिमा पुरूषको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रागिरि २ मसिने बस्ने २२ वर्षीय रामकृष्ण तामाङ रहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले लेनदेनको विवाद हुँदा रामकृष्णले चन्द्रागिरि ७ घुमाउनेमा टहरा हालेर बस्ने ५२ वर्षीय होम बहादुर सुदारको हत्या गरेको बताए।

डिएसपी घनश्याम श्रेष्ठले भने,‘एक जना पुरूषको हत्या भएको भन्ने सूचना हामीलाई हिजो राति ११ बजे प्राप्त भयो। तत्काल आवश्यक अनुसन्धान पूरा गरी सबै नाका सिल गरी एक जनालाई नियन्त्रणमा लिएका छौं।

लेनदेनको विवाद हुँदा होमबहादुरलाई टाउको र शरीरका अन्य भागमा लौरोले हिर्काउँदा मृत्यु भएको आरोपितले स्वीकार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।

रामकृष्णले होमबहादुरलाई ७ लाख रुपैयाँ दिएका थिए। पटक पटक माग्दा समेत नदिएपछि आक्रोशमा लौरोले हिर्काउँदा होमबहादुरको मृत्यु भएको तामाङले बयान दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

महानगरीय प्रहरी वृत्त थानकोटले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको जनाएको छ।

२०७७ पुस २९ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: