Tue. Mar 2nd, 2021

टिपर दुर्घटना हुदा धादिङका कमल मगर सहित तीन जनाको मृत्यु

५ माघ , सोलखुम्बु –

सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिकाको सिमानास्थित महादेव भिरमा टिपर खस्दा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आइतबार राति करिब ११ः३० बजे बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए ।

हेटौँडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ । दूधकोसी सोलुखोला ९८६ मेगावाट० जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको टिपर भिरबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सोलु जलविद्युत् आयोजना (२३.५ मेगावाट) मा प्रयोग भएका सामग्री निर्माणाधीन दूधकोसी सोलु खोला जलविद्युत् आयोजना (८६ मेगावाट) मा लैजाने क्रममा महादेव भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

२०७७ माघ ५ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: