Fri. Mar 5th, 2021

नयाँ कोरोनाले २०२१ झन् कठिन हुनेछ डब्लूएचओ

५ माघ, एजेन्सी –

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने जनाएको छ । जेनेभास्थित विश्व स्वास्थ्य संगठनको मुख्यालय कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रमक रहेको विवरणहरू सार्वजनिक भइरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो ।

संक्रमण क्षमता निकै उच्च रहेको भाइरसको नयाँ प्रकार बेलायतसहित ५० भन्दा बढी देश र क्षेत्रहरूमा फैलिसकेको छ । नयाँ भाइरसका कारण पछिल्ला दिनहहरूमा बेलायतमा दैनिक हजारौंको मृत्यु हुन थालेको छ ।

दक्षिण अफ्रिकामा देखा परेको भाइरसको प्रकार स्ट्रेन २० देशमा फैलिइसकेको बीबीसीले उल्लेख गरेको छ । केही समयअघि बेलायतमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरसभन्दा यो छिटो विस्तार हुने क्षमताका रहेको वैज्ञानिकहरूले जनाएका छन्, जसका कारण अफ्रिकी क्षेत्रमा चिन्ता थपिएको छ । त्यसैगरी, जापानमा पनि अधिकारीहरूले नयाँ प्रकारको भाइरस पत्ता लगाएका छन् ।

उनीहरूले चार जनामा त्यस्तो किसिमको भाइरसको संक्रमण पहिचान भएको जनाएका हुन् । ती मानिसहरू ब्राजिलमा संक्रमित भएर जापान पुगेका जनाइएको छ । त्यस्तै, स्पेनमा पनि भाइरसको नयाँ प्रकार पुष्टि भएको छ । नयाँ प्रकारको भाइरसले अन्य प्रकारका कोरोना भाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ ।

नयाँ भाइरसमा देखिएको उत्परिवर्तनले यसका महत्त्वपूर्ण भागमा आमूल परिवर्तन ल्याइदिएको छ । प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा संक्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएको छ ।

हालसालै विकसित गरिएका खोपहरूसमेत नयाँ प्रकारका लागि पनि प्रभावकारी हुने विज्ञहरूले जनाएका छन् । यद्यपि, आममानिसहरू यसप्रति विश्वस्त हुन नसकेको देखिएको छ ।

२०७७ माघ ५ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: