Tue. Mar 2nd, 2021

प्रधानमन्त्री कप बागमती र गण्डकीको जित

६ माघ , काठमाडौ –

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता बागमती प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन्। सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई १८० रनको फराकिलो अन्तरले पराजित गर्‍यो। समूह बी मा बागमतीले लगातार दोस्रो खेलमा जित हात पारेको हो। बागमतीले दिएको ३०० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा ११९ रनमा अलआउट भयो।

सुदूरपश्चिमका लागि नारायण जोशीले नटआउट ४४ रन जोडे। उनले २९ बलमा १ चौका र ५ छक्का हिर्काए। त्यसअघि अर्जुन साउदले ३१ रन र किरण ठगुन्नाले २४ रन जोडे। अरु ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

सुदूरपश्चिमले पहिलो ओभरमै तीन विकेट गुमाएको थियो। तीन वटै विकेट बागमतीका रामनरेश गिरीले लिए। समग्रमा ४ विकेट लिएका गिरीले ५ ओभरमा ३२ रन खर्चिए। नन्दन यादवको नाममा २ विकेट रह्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ९ विकेटको क्षतिमा २९९ रन जोड्यो। बागमतीका लागि पृथु बास्कोटाले ८४ रन जोडे। उनले ९४ बलमा १० चौका र २ छक्का हिर्काए। अदिल खानले ६३ रन जोड्दा पारस खड्का २० रनमा आउट भए। कप्तान ज्ञानेन्द्र मल्लले ३२ रन र विपिन आर्चायले पनि ३२ रन जोडे। बलिङमा सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए। भोजराज भट्ट र कप्तान सन्तोष भट्टले २(२ विकेट हात पारे।

मैदानमा भएको समूह ए को खेलमा गण्डकी प्रदेशले प्रदेश १ लाई २ विकेटले हरायो। प्रदेश १ ले दिएको १०३ रनको लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेटको पूरा गर्‍यो।

गण्डकीका लागि अर्जुन कुमालले ३५ रनको योगदान दिए। उनले ६८ बलमा ५ चौका हिर्काए। दीपक डुम्रेले ३५ रन जोड्दा अभिषेक थापाले नटआउट १३ रन जोडे। प्रदेश १ का शुभांकर उराव र मिनास थापाले १(१ विकेट लिए।

त्यसअघि प्रदेश १ खराब ब्याटिङ गर्ने क्रममा १०२ रनमै अलआउट भएको थियो। प्रदेश १ लाई सस्तोमा समेट्ने क्रममा गण्डकी प्रदेशका विशाल पौडेलले ह्याट्रिक गरे। उनले प्रदेश १ का अन्तिम ३ विकेट लगातार लिएका थिए।

२०७७ माघ ६ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: