Fri. Mar 5th, 2021

गजुरी गाउँपालिकालाई बालमैत्री पालिका बनाउने अभियानमा

तस्विर प्रयास नेपाल धादिङको फेसबुक पेजबाट

९ माघ , धादिङ

बालबालिका विकासका लागी जिम्मेवारी पूर्वक कार्य गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए । गजुरी गाउँपालिका बालमैत्री उन्मुख गाउँपालिका भई सकेको र भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब शैक्षिक उपलब्धि केन्द्रित भएर काम गर्ने बेला आएको बस्नेतले बताए।

बालमैत्री स्थानीय शासनको ३९ वटा सुचकहरु पुरा गर्दै गजुरीलाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको बस्नेतले बताएका छन् । गजुरी गाउँपालिकाका सबै ४५ सामुदायिक विद्यालयहरुमा बाल बिकास कार्यक्रम गजुरी गापा,प्लानेट ईनफान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा संचालन गर्ने क्रममा सहजकर्ताहरुको ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोग पुरयाउन सहजकर्ता भगवती थापाको सहजिकरणमा नौ दिने कार्यशाला गरिएको हो ।

गजुरी गाउँपालिकाका ४५ मध्ये दोस्रो चरणमा २२ बिद्यालयका सहजकर्ताहरुको लागि नौ दिने कार्यशाला सम्पन्न गरिएको छ । यस अघि गजुरीका २३ बिद्यालयका बाल विकास कक्षाका सहजकर्ताहरुको लागि पहिलो चरणको कार्यशाला सम्पन्न भई सकेको छ ।

गजुरी गाउँपालिका भित्रका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाको विकासमा अभिभावक तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका उत्तरदायित्व लगायतका सवालहरुमा सहजिकरण तथा सहयोग गरिने प्रयास नेपालका धादिङका कार्यकारी दामोदर अर्यालले बताए ।

कार्यशालामा बाल विकास के हो किन बालमैत्री वातावरण सिर्जना गर्न जरुरी छ , ,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध ,परिवारले बालबालिकालाई गर्नु पर्ने स्याहार तथा हेरचाह ,अभिभावकसँग छलफल तथा सचेतना सेसन संचालन बिधि लगायतका बिषयमा सेतोगुँरास कपिलवस्तुका भगवती थापाले सहजिकरण गर्नु भएको थियो ।

पौष २९ गतेबाट शुरु भएको कार्यशालामा समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता ढुङ्गाना,प्रमुख प्रशासकीय अधिकृत राजन घिमिरे ,शिक्षा अधिकृत भिमसेन बिष्ट ,महिला बालबालिका अधिकृत सरस्वती सिलवाल, डा. रामहरि रेग्मी , पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली,प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल,उपाध्यक्ष बिपिना मगर लगायतको उपस्थिति रहेको थियो ।

२०७७ माघ ९ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: