
१० माघ, धादिङ–
धादिङको थाक्रेमा सेफ हाउस भवनको शिलान्यास गरिएको छ । एक कार्यक्रमकाबीच निवर्तमान सांसद भूमि त्रिपाठीले शिलान्यास गरेका हुन् । थाक्रे गाउँपालिकाको कुल ५० लाखको लागतमा आरसिसि भवन निर्माण गरिने गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्यले बताए ।
गाउँपालिकाको रु. ५० लाख र उपभोक्ता समितिको जन श्रमदानबाट ३ लाख गरि कुल ५३ लाखमा भवन निर्माण हुने अध्यक्ष आचार्यले बताए ।
गाउँपालिकाले तिन वर्ष अघि देखि सेफ हाउस सञ्चालन गर्दै आएको छ । गाउँपालिका उपाध्यक्षको घरमा सुरक्षित आवास गृह (सेफ हाउस) सञ्चालन गरिएको हो । गएको आर्थिक वर्षमा गाउँपालिकाले ५ आना जग्गा खरिद गरी यस आर्थिक वर्षमा गाउँपालिकाबाट विनियोजन गरिएको रकम बाट भवन निर्माण गर्न लागिएको उपाध्यक्ष अम्बिका रुपाखेतीले बताइन् ।
उपभोक्ता समितिबाट निर्माण हुने भवन तिन तलामा १२ कोठा हुने छ ।
२०७७ माघ १० गते प्रकाशित