
636675168
११ माघ , काठमाडौ –
कोरोना भाइसरविरूद्ध खोप लगाउन बुधबारदेखि सुरू गरिने भएको छ ।
आज मुख्यमन्त्रीहरूसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले आउँदो बुधबारदेखि खोप अभियान सुरू गरिने बताएका छन्।
भारतले अनुदानमा दिएको खोप नेपाल ल्याइसकिएको छ। सुरूमा कोरोनाविरूद्ध लडाइँमा खटिएका स्वास्थ्यकर्मीलाई खोप दिने सरकारको तयारी छ। भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएको थियो।
अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ। उक्त खोपलाई भारतमा कोभिसिल्ड नाम दिइएको छ।
२०७७ माघ ११ गते प्रकाशित
Loading...