Fri. Mar 5th, 2021

धादिङ प्रहरीले गर्यो ६ महिने कार्य प्रगती सार्वजनिक, २ सय ४१ वटा मुद्धा दर्ता

११ माघ, धादिङ-

जिल्ला प्रहरी कार्यलय धादिङले चालु आर्थिक वर्षको पहिलो ६ महिनाभित्र सम्पादन गरेका कार्यहरुको प्रतिवेदन सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यलय धादिङवेशीमा पत्रकार सम्मेलनको आयोजना गरि ६ महिने कार्यप्रगती विवरण सार्वजनिक गरेको हो ।

विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनामा प्रहरी कार्यलय धादिङमा विभिन्न किसिमका २ सय ४१ वटा मुद्धा दर्ता भएका छन् । प्रहरीको ६ महिने तथ्याङ्क अनुसार धादिङमा आत्महत्याको अवस्था भने भयावह देखिएको छ ।

चालु आव को ६ महिनामै ७८ जनाले झुण्डिएर, विष सेवन गरेर तथा हाम्फालेर आत्महत्या गरेका छन् । अघिल्लो आर्थिक वर्षभरिमै ९५ जनाले आत्महत्या गरेको भएपनि यस वर्ष भने ६ महिनामै आत्महत्या गर्नेको संङख्या ७८ जना पुगेको हो ।

त्यस्तै ६ महिनाको अवधिमा जवरजस्ती करणीको १९ वटा मुद्धा दर्ता भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा जवरजस्ती करणीको संङ्ख्या पनि बढी देखिएको छ । त्यस्तै जवरजस्ती करणी उद्योगमा पनि १० वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी महेन्द्र खड्काले जानकारी दिए ।

पत्रकार सम्मेलन गर्दै प्रहरी प्रमुख एसपी महेन्द्र खड्का

लागु औषध तर्फ ८३ केजी चरेश बरामद गरिएको छ भने १९ केजी गाँजा बरामद गरिएको छ । साथै लागुऔषध मुद्धामा १७ जना पक्राउ परेका छन् भने ९ वटा मुद्धा दर्ता भएको छ । लागुऔषधको अवैध तस्करी रोक्न लागिपरे संगै लागुऔषधको अवैध खेती फडानी कार्यलाइ पनि निरन्तरता दिइएको एसपी खड्काले बताए । चालु आवको ६ महिनामै ६ सय ७८ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट गरिएको उनले बताए ।

त्यस्तै फरार प्रतिवादी पक्राउ अभियान र अदालतको फैसला कार्यन्वयन तर्फ पनि ठुलै सफलता हात पारेको प्रहरीले दावी गरेको छ । अदालतको फैसला कार्यन्वयन तर्फ ६ महिनामा विभिन्न अपराधमा सजाय पाएर फरार रहेका ३० जनालाइ पक्राउ गरि १३ वर्ष ४ महिना २३ दिनको कैद सजाय असुल गराइएको छ । पक्राउ परेकाहरुबाट २१ लाख ८१ हजार ७ सय २५ रुपैया जरिवाना संकलन भएको एसपी खड्काले बताए । त्यस्तै अपराध गरेर भागेका ४० प्रतीवादीहरुलाइ पनि पक्राउ गरि मुद्धा चलाएको छ ।

त्यसैगरि सडकको नियम उल्लङघन गरि सवारी साधन चलाउने १५ हजार ८ सय सवारी साधनहरुलाइ कारवाही गरि चालु आव को ६ महिनामै १ करोड २५ लाख ८५ हजार रुपैया राजश्व संकलन भएको छ । नियम उल्लङघन गर्नेहरुलाइ जरिवाना मात्रै नगराइ सचेतना कक्षाहरु पनि लिइएको एसपी खड्काले बताए ।

पहिलो ६ महिनाको अपराधको अवस्थालाइ विश्लेषण गर्दा आत्महत्या न्युनीकरणको लागि गाउँ गाउँमा मनोसामाजिक परामर्श र सचेतना कार्यक्रम आवश्यक देखिएको एसपी खड्काले बताए । ‘प्रहरीको काम भनेको अपराधीलाइ कारवाही गर्नुमात्रै नभइ जनताको सेवा सुरक्षा र अपराध न्युनिकरण गराउनुपनि एक हो ।’ खड्काले भने, ‘स्थानीय सरकारहरुसंग सहकार्य गरेर बढीमात्रामा देखिएका अपराध न्युनिकरण गर्नको लागि सचेतना अभियान पनि संचालन गर्ने छौँ ।’

Loading...

अन्य समाचारहरु: