Fri. Mar 29th, 2024

यस्तो देखियो धादिङमा नेकपा प्रचण्ड-माधव समुहको विरोध र्याली र सभा (फोटो/भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा नेकपा धादिङको प्रचण्ड माधव समुहले विरोध र्याली र सभाको आयोजना गरेको छ ।

विरोध र्याली भिडियो

नेकपा स्थायी समिति सदस्य योगेश भट्टराइको नेतृत्वमा धादिङवेशी पुछारबजारबाट गाउँ गाउँबाट आएका नेता कार्यकर्ताहरुको सहभागीतामा विरोध र्यालीको आयोजना गरिएको थियो ।

पुछारबजारबाट सुरु भएको र्याली मुलचोक, शान्तजार, वीच बजार, शिरान बजार हुदै बजारका विभिन्न भाग परिक्रमा गर्दै पुनः वीचबजारमा आएर विरोध सभामा परिणत भएको थियो ।

आजकै लागि नेकपा केपी ओली समुहले काठमाण्डौमा जनसभा आयोजना गरेको भएपनि सदरमुकाम धादिङवेशीको सभामा उल्लेख नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

विरोध र्याली तथा सभाको सहकर्मी मनिष दुवाडीले खिचेको केही फोटो र भिडियो :

About The Author

Loading...

अन्य समाचारहरु: