Fri. Apr 19th, 2024

सहुलियत पूर्ण कर्जा – युवा उद्यम र सम्बृद्धिको कोशेढुङ्गा


सीता ढुङ्गाना–

कुनै पनि देशको वर्तमान र भविष्य त्यस देशको युवा हुन । नेपालको कुरा गर्दा कोराना संक्रमणको विशेष परिस्थितीलाई बाहेक दैनिक जसो २ हजार युवाले नेपाली भुमि छोडिराखेका हुन्छन । सरकारले यीनै युवाको बल र बुद्दि नेपाली भुमिमा खर्च गराउन सक्दा संबृद्धि खोज्न टाढा जान पर्दैन । सरकार भन्ने वित्तिकै राज्यको तिन तहको सरकार सम्झनु पर्दछ । जनतासंग प्रत्यक्ष जोडिने र जनाताका आवश्यक्ता र संभावना पहिचान गर्ने नजिकको सरकार भनेको स्थायिन सरकार हो ७५३ ओटा सरकारले आफ्ना युवा जनसक्तिको पहिचान, तथ्यांक संकलन र कम्तीमा ५० प्रतिशत गांउमै टिकाउने योजना कार्यन्यन गर्न सक्दा विदेशी भुमिमा रहेका युवा हामीले गजुरी गाउँपालिकाको आफ्नो वार्षिक नीति तथा कार्यक्रम २०७७।०७८ मा नै उद्यम ब्यबसायको विकासलाई जोडका साथ उल्लेख गरेको थियौं तर समान बुझाई नपुग्दा र यसको महत्व दर्शाउन नसक्दा त्यसका लागि आवश्यक बजेट व्यवस्था भने तत्काल गर्न सकिएन ।

आर्थिक अभावका कारण सामाजिक विकासका लागि देशमा बसेर सोचिदिने बर्ग रोजीरोटीको लागि जीवनभर भौंतारिरहन् पर्ने अवस्थाको अन्त्य स्थानिय सरकारले गर्न सक्छ । नेपालमा प्रचुर संभावना भएको पेसा, कृषिलाई मात्र निर्वाहमुखि बाट व्यवसायिक बनाइ कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउंदा बर्षौ कृषि बस्तु आयातको लागि विदेशिने रकम देशमै रहने रदेशमा राष्टिय पुजींको निमार्ण गर्नरेमिट्यान्स पर्खनु नपर्ने अवस्थाको सृजना हुंदै जान्छ । जसको लागि व्यवसायको प्रवद्र्धन, विकास र सुरक्षाको प्रत्याभुति स्थानीय सरकारले दिनुपर्छ र फेरी पनि आर्थिक सवलीकरणले मात्र नागरिकको संवृद्धि संभव छ । यसैका खातिर नेपाल सरकारले जारी गरेको सहुलियतपुर्ण कर्जा व्याज अनुदान कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न गजुरी गांउपालिकामा हामीले स्थानीय वाणिज्य बैंक र धादिङ उद्योग वाणिज्य संघ सँग २०७७ माघ २ मा सम्झौता गरेका गर्यौं । गजुरी गाँउपालिका, राष्टिय बाणिज्य बैंक र धादिगं उद्योग बाणिज्य संघ तिनै पक्षले राष्ट बैंकबाट जारी भएको सहुलियतपुर्ण कर्जाका लागि व्याज अनुदान कार्यक्रममा महिला, विदेशबाट फर्किएका युवा, दलित, शिक्षित वर्ग आदिलाई समावेश गरि उत्पादन वा विक्रि वितरण व्यवसायमा विना धितो सहुलियत कर्जाउपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छौंं ।
कार्यक्रमको उद्देश्य :
गजुरी गाउँपालीका क्षेत्रका कृषि तथा पशुपंक्षी जन्य व्यवसाय प्रवद्र्घन तथा गजुरी गाउँपालिकाको उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत उद्यमशिल बन्न चाहने गाउँपालीकाबासी एवं नेपाल राष्ट्रबंैकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधि २०७५, (संशोधित २०७६) अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्धन गर्न, शिक्षित युवालाई आफ्नो रुचि, सिकाइ, अनुभव साथै अध्ययनको आधारमा स्वरोजगार बन्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको शीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी व्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आयआर्जनका लागि सहुलियत प्रदान गरी उद्यमशिलता विकास गर्न तथा वित्तीय पहुँच बढाउने उद्देश्यले हामी गजुरी गाउँपालीका धादिङ उद्योग वाणिज्य संघ र राष्टिय वाणिज्य बैँक लिमिटेड बीच यो सम्झौतागरिएकोछ ।

कर्जाको प्रकार र सीमा ः
१. व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा ५ करोडसम्म
२. शिक्षित युवा स्वरोजगार कर्जा ७ लाखसम्म ।
३. विदेशवाट फर्किएका युवा परियोजना कर्जा १० लाखसम्म ।
४. महिला उद्यमशिल कर्जा १५ लाखसम्म ।
५. दलित समुदाय व्यवसाय विकास कर्जा १० लाखसम्म ।
६. उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाखसम्म ।
७. भूकम्प पीडितहरुको नीजि आवास निर्माण कर्जा ३ लाखसम्म ।
८. कपडा उद्योग संचालनका लागि ५ करोडसम्म ।
९. प्राविधिक तथा व्यवसायिक तालिम परिषद्वाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिम आदिको २ लाख सम्म ।
१०. युवा स्वरोजगार कर्जा ५ लाखसम्म ।

गजुरी गाउँपालिकाले लिएको जिम्मेवारी
नेपाल सरकारको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सहायता कार्यविधि २०७५ (संसोधित २०७६) अनुसार उद्यमी एवं ब्यवसायीहरुलाई सहूलियतकर्जा सम्बन्धि सुचनाको प्रचार प्रसार गर्ने, गाउँपालिकामा कर्जाका लागि दिइएका आवेदनहरु मध्येबाट छनौट भएका उद्यमी एवं ब्यवसायीहरुलाई सहूलियतकर्जा प्रवाह गर्न सिफारिश गर्ने, कर्जा मागको लागि उद्यमी एवं व्यवसायी तयार गर्न आवश्यक तालिम, सीप र परामर्श गाउँपालिकाले सञ्चालन गर्ने, रिणको लागि पहिलो चरणमा गाउँपालिकामा आवेदन दिने आवेदकहरुलाई बैंकिङ कार्यमा सहयोग हुने गरि गाउँपालिकाले बैंक लिमिटेडसंग समन्वय गरी आवेदकहरुका लागि वित्तीय साक्षरता सञ्चालन गर्न अनुरोध गर्ने साथै अन्य साझेदार संस्था मार्फत समेत बैकिङ्ग एवं वित्तिय साक्षरता र व्यवसाय व्यवस्थापन तालिम समेत संचालन गर्न सकिने छ ।

यसरी संचालन गर्दा बंैकबाट ऋण लिएका उद्यमि/व्यवसायीलाइ विशेषत प्राथमिकतामा राखी कार्य गरिनेछ, गाउँपालिकाको सिफारिशमा कर्जा लिएका व्यक्ति, फर्म वा कम्पनी कसैले सावाँ व्याज नियमित नगरेमा बंैकलाई उक्त सावाँ, ब्याज रकम उठाउन गाउँपालिकाले सहयोगी भूमिका निर्वाह गर्नेछ, लामो समयसम्म कर्जा नतिर्ने ब्यक्ति वा फर्मलाई गाउँपालिकाले जन्मदर्ता लगायतका सम्पूर्ण सिफारिश तथा गाउँपालीका सम्ब्न्धि अन्य कार्यहरुमा बन्देज लगाई कर्जाको सावाँब्याज उठाउन बैंकलाई सहयोग गर्नेछ ,गाउँपालिकाले बैंकलाई स्थलगत निरिक्षण गर्न, कर्जा प्रकृयामा कागजातहरु तयार गर्न आवश्यक सहयोग गर्ने एवं बैंकबाट कर्जा लिए पश्चात ऋणीले उक्त कर्जाको उपयोग माग गरे अनुरुपको क्षेत्रमा भए नभएको कुरा अनुगमन गर्ने कार्यमा हामी गाउँपालिकाले बैँकलाई आवश्यक सहयोग गर्ने गरि सम्झौता उल्लेख गरेका छौं ।

धादिङ उद्योग वाणिज्य संघको तर्फबाट जुटाइएको प्रतिबद्धता
गाउँपालिकाभित्र रहेका उद्यमी/व्यवसायीहरुलाई संघको व्यवसाय सहायता कक्ष मार्फत व्यवसायिक परार्मशर उद्यम विकाससंग सम्बन्धित सूचना सम्प्रेषण गर्ने, गाउँपालिकाभित्र रहेका कुनै पनि व्यक्तिले व्यवसाय दर्ता गर्न चाहेमा परार्मश सल्लाह सुझाव र आवश्यक कागजात तयार गरिदिने र सम्बन्धित सरकारी निकायमा दर्ता प्रक्रियाको लागि सहजीकरण गरिदिने र दर्ता भइसकेका व्यवसायको हकमा नवीकरण, सुचिकृत गर्न र प्रत्येक आर्थिक वर्षमा तिर्नुपर्ने करहरु समयमा नै भुक्तान गरी चुक्ता प्रमाणपत्र उपलब्ध लिन/गराउनमा सहयोग गर्नेछ , उद्यमी/व्यवसायीलाई कर्जा लिनको लागि आवश्यकरु जस्तै व्यवसायको वित्तीय विश्लेषण प्रतिवेदन, व्यवसायिक योजना, अडिट रिर्पोट,कर चुक्ता प्रमाणपत्र र सम्बन्धित बैङ्कको नियम अनुसार आवश्यक पर्ने अन्य कागजातहरु तयार गर्नमा सहजिकरण गरिदिने, पालिकाभित्र रहेका व्यवसायहरुलाई नेपाल सरकार, प्रदेश सरकार र गाउँपालिकाको निति ,नियम र कानून अनुसार दर्ता, नवीकरण साथै सुचीकृत गराएर मात्र सञ्चालन गर्न र तिनुपर्ने बक्वौता, राजस्वतथा करहरु समयमा नै भुक्तान गर्नका लागि प्रोत्साहित गर्नेछ ,गाउँपालिकाको आवश्यकता र सल्लाह, सुझाव र माग अनुसार पालिकाभित्र सञ्चालन भइरहेका उद्यमी व्यवसायीहरुको व्यवसाय विस्तार, प्रगतिको अनुगमन, प्रबद्र्धन क्षमता विकास सम्बन्धि उद्यमशीलता विकास कार्यक्रममा सहजीकरण गर्नेछ, उद्यम विकासका लागि समय सापेक्ष र व्यवसायिक वा तावरण मैत्री नीति नियम, निर्देशिका तयार गर्नमा गाउँपालिकालाई आवश्यक सल्लाह, सुझाव साथै सहयोग गर्नेछ, सहुलियतपूर्ण कर्जाको लिन चाहेका व्यावसायिहरुको व्यवसाय क्षमता, व्यवसायीको योग्यता, व्यवसायिक दक्षता, बजार लगायतको अवस्था मूल्यांकन गरि गाउँपालीकामा सिफारीस गर्ने । यसरी सिफरिस गर्दा पालिकास्तरमा संघले तोकेको सम्पर्क व्यक्तिले संघको अख्तियारीमा कार्य गर्न सक्ने छ, पालिका स्तरमा रहेका बैंक तथा वित्तिय संस्थाहरुसँग आवश्यक समन्वय गर्ने र सहुलियत वा व्यवसायिक कर्जाको तथ्यांक बैंक तथा वित्तिय संस्थासँग समन्वय गरि अद्यावधिक गर्ने छ।


बाणिज्य बैंकको दायित्वः
पहिलो चरणमा गाउँपालिकाको समन्वयमा कर्जा माग गर्ने आवेदक विना धितो ऋण प्रवाह गर्नेछ भने सो ऋणमा नेपाल राष्ट्र बंैकका सहुलियतकर्जा सम्बन्धी कार्यविधि२०७५,(संशोधित २०७६) अनुसार ब्याज अनुदान उपलब्ध गराउनेछ, कर्जाको ब्याजदर नेपाल राष्ट्र बैंकको एकिकृत सहुलियत कर्जा सम्बन्धी कार्यविधि २०७५ बमोजिम बैंककोआधार दरमा दुई प्रतिशत थप गरेर निर्धारण गरिनेछ । कार्यविधि अनुसार असल बर्गमा परेका ऋणीहरुलाई आफूले तिरेको ब्याजदरमा पाँच प्रतिशत र महिला उद्यमशिल कर्जामा ६ प्रतिशत छुटको लागि नेपाल राष्ट्र बैंकमा ब्याज अनुदान प्राप्तिका लागि बाणिज्य बैंक बैंकले राष्ट्रबैँकसंग समन्वय गरि सम्बन्धित ऋणीको बचत खातामा जम्मा गरिनेछ, ब्याजमा अनुदान दिने कर्जामा बैंकले ब्याजबाहेक अन्य कुनै पनि सेवा शुल्क लिने छैन, बैंकले गर्ने ऋण लगानी गाउँपालीका र बाणिज्य बैंक गजुरी शाखा बिचको सम्झौता बमोजिम हुनेछ र सोहि बमोजिम गाउँपालिकाले सहजिकरण गर्नेछ। कर्जा प्रवाह गर्दा बैँकले “नेपाल राष्ट्र बैँंकको सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि २०७५, (संशोधित २०७६) बमोजिम कर्जा लगानी गर्नेछ, कर्जा स्वीकृतीको अन्तिम अधिकार बैंकलाई रहनेछ । बैंकले परियोजना तथा यसको सम्भाव्यतालाई मुख्य आधारको रुपमा लिई गाउँपालिकाबाट समेत सहमति लिई कर्जा स्वीकृत गर्नेछ, गाउँपालिकाले बैंकमा कर्जाको लागि सिफारिस भै आएका आवेदकहरुको नामकर्जा स्वीकृतीको लागिबैंकको केन्दि«य कार्यालयमा सिफारिश (शाखालाइ स्वीकृतीको अधिकार नभएको खण्डमा) गरि पठाउनेछ र त्यहा बाट स्वीकृत भै आएका आवेदकलाइ सम्पूर्ण बाँकी प्रकृया पुरा गरी जिल्लामा रहेको बाणिज्य बैंक गजुरी शाखा मार्फत कर्जा प्रवाह गरिनेछ, यस सम्झौतामा उल्लेख भएका शर्तहरु यसै बमोजिम र उल्लेख नभएका अन्य विषयमा नेपाल सरकारको प्रचलित नियम कानून र नेपाल राष्ट्र बैँंकको सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि २०७५,(संशोधित २०७६) बमोजिम बमोजिम हुनेछ, गाउँपालिकाको सिफारिशमा आएका कर्जा प्रस्तावलाई विशेष प्राथमिकतामा राखी बैंकले कर्जा प्रक्रिया अघि बढाउनेछ, गाउँपालीकाबाट कर्जाका लागि सिफारिश भै आएका आवेदकहरुको कर्जा प्रस्तावलाइ बैंकले कर्मचारी ब्यवस्था गरि सहज रुपमा छिटो छरितो सेवा प्रदान गर्नेछ । यस्ता सेवालाई वैंकले उच्च प्राथमिकता दिने छ ,बैँकले स्वीकृत गरी लगानी गरेका सहुलियतपूर्ण कर्जा लिने ऋणीहरुको विस्तृत विवरण मासिक रुपमा प्रत्येक महिनाको अन्त्यमा गाउपालिकालाई उपलब्ध गराउनेछ , गाउँपालिका बाट आवेदकको सम्पूर्ण अध्ययन र परियोजनाको विश्लेषण गरी (हालभएको वाकर्जा लगानस् पश्चात बन्ने परियोजनालाइ नै धितो मानिने)विनाधितो कर्जा सिफारिश गरिने भएकोले बैँकले कुनै पनिकिसिमको धितो लिनेछैन। धितो राखेर ऋण लिने ऋणीहरुका हकमा राष्ट्रबैंकको एकिकृत सहुलियत कर्जा कार्यविधि२०७५,(संशोधित २०७६)अनुसार हुनेछ ,सहुलियतपूर्ण कर्जा लिने ऋण लिने ऋणीहरुको बैँकले बचत खाता खोलिदिनेछ । जसमा बैँकको नियम अनुसार बचत खातामा विभिन्न सेवा सुविधाहरु उपलब्ध हुनेछ ।

यसरी उद्यमी व्यवसायीलाई संरक्षण, सहयोग र साझेदार गर्न सक्ने हामी तिन पक्ष सहकार्य गर्दा गजुरीलाई आर्थिक हिसाबले संबृद्ध पालिका बनाउन सक्छौं भन्ने अपेक्षा लिएका छौं । यो एउटा असल अभ्यास हामीले थालनी ग¥यौ । हाम्रो यस प्रस्तावलाई सहजै स्वीकार र साझेदारी गर्न प्रतिवद्ध रा.वा.वैंक गजुरी र धादिङ उद्योग वाणिज्य संघलाई हार्दिक धन्यवाद दिन चाहन्छौ । हामी आ आफ्नो क्षमता र भुमिका प्रति प्रतिवद्ध पनि छौ । यस विचमा उद्यमी व्यवसायीहरुलाई यो सुविधा प्राप्त गर्ने प्रक्रियामा सामेल हुन पनि हामी अनुरोध गर्दछौ ।
उद्यम व्यवसाय संचालनको उपयुक्त वातावरण सिर्जना गर्ने काम सरकारको हो । हामीले एक हदसम्म यो अभिभारा पुरा गरेका छांै । उद्यमी व्यवसायीहरुले पनि पालिकाको नीति नियम भित्र समावेश हुने, कर्जाको सही सदुपयोग गर्ने र आफ्नो व्यवसाय वृद्धि मार्फत थप रोजगारी सिर्जना गरी अरु वेरोजगार नागरिकहरुलाई जीवन निर्वाहमा सहयोग गर्ने कोशिष गर्नु पर्दछ । समृद्धि सम्भव छ हाम्रै पालामा, याद गरौं आर्थिक सक्षमताले मात्र हाम्रो समृद्धिको यात्रा पूरा हुन्छ ।

(लेखक गजुरी गाउँपालिकाकी उपाध्यक्ष हुन् ।)

२०७७ माघ २६ गते प्रकाशित

About The Author

Loading...