Thu. Apr 18th, 2024

पशुपति माविको ३३ औ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम

२८ माघ, धादिङ –

धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको पशुपति माध्यमिक विद्यालयको ३३ औ वार्षिक उत्सव समारोहको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

२०६७ एस.एल.सी ब्याजका विद्यार्थीहरुको आयोजनामा वार्षिक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६७ पुरुष ३६ महिला गरि १०३ जनाले रक्तदान गरिएको धादिङ रेडक्रसका नारायण कुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा स्व .शम्शेर बहादुर स्मृती सेवा समाज दिप बहादुर स्मृती संस्थाको एम्बुलेन्स सहयोग रहेको थियो । कार्यक्रममा निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्य रहेको थियो ।


२०७७ माघ २८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: