Tue. Mar 2nd, 2021

कोभिड – १९ खोपको लागि विश्व बैंकले ८ अर्ब ७० करोड सहुलियत ऋण दिने

२९ माघ, काठमाडौ –

कोभिड–१९ विरुद्धको खोप खरिदका लागि विश्व बैंकले नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर करिब ८ अर्ब ७० करोड नेपाली रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने तयारी गरेको छ ।
विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद–जेर्भोसका अनुसार नेपाललाई खोप खरिदका लागि दिइने ऋण साहयता दिने प्रस्तावलाई छिट्टै बोर्डमा प्रस्तुत गर्न लागिएको छ ।

‘विश्व बैंकले गर्ने आर्थिक सहयोग नेपाल सरकारले प्राथमिकतामा राखेको ७२ प्रतिशत जनसंख्यालाई आवश्यक पर्ने खोप खरिद गर्नका लागि प्रयोग गर्नसक्ने छन्,’ उनले कान्तिपुरले लेखेको इमेलको जवाफ दिँदै भने ।

जेर्भोसका अनुसार नेपालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विश्व बैंकले मान्यता दिएको कुनैपनि उत्पादकसँग आपसी समझदारीमा वा कोभ्यक्सबाट प्राप्त हुने खोप खरिद गर्नका लागि उक्त रकम प्रयोग गर्न सक्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलका अनुसार नेपालले भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआईआई)सँग २० लाख खोप खरिद गर्ने पक्कापक्की भइसकेको छ । उनका अनुसार विश्व बैंकले दिने भनेको ७५ मिलियन डलर मध्ये ६७.५ मिलियन डलर खोप खरिद गर्नका लागि हो भने बाँकी रकम खोपको व्यवस्थापनका लागि हो ।

डा। पोखरेलले स्वास्थ्य मन्त्रालयले सिरमसँग प्रति डोज खोप ५ डलरभन्दा कममै खरिद गर्ने भएको हो । ‘हामीले सिरमले भारत सरकारलाई दिएकै मूल्यमा खरिद गर्न प्रस्ताव गरेका छौं । सिरमले थोरै माथि प्रस्ताव गरेको छ,’ उनले भने, त्यसैले रकम ३ देखि ५ डलरको बीचमा नै हुन्छ ।

’उनका अनुसार सिरमले सुरुमा आफूले तोकेको नेपालको आधिकारी प्रतिनिधि हुकम डिस्ट्रिब्युसन एण्ड लजिस्टिक्सलाई लोकल एजेन्ट नियुक्त गरी खरिद प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो ।

तर, मन्त्रालय भने कुनैपनि स्थितिमा अर्को पक्षलाई सामेल गराएर खोप खरिद गर्ने पक्षमा छैन । त्यसैले मन्त्रालयले हाल विश्व बैंकले दिने भनेको ऋण सहयोगबाट सिधै सिरमलाई आवश्यक रकम दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा भने सिरम पनि सहमत रहेको उनले बताए ।

२०७७ माघ २९ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: