Sat. Oct 12th, 2024

धादिङको नौविसेमा “चेतना चौतारी” संचालन

धादिङ – बालबालिकाहरुलाई सचेत बनाउने उद्देश्यले फोकस नेपालले धादिङको नौविसे गाविसमा “चेतना चौतारी” संचालनमा ल्याइएको छ ।

chetana chautari 1

घरवार विहिन भएका परिवारका बालबालिकाको गैरकानुनी ओसारपसार बढीरहेको समाचारहरु आइरहँदा त्यसको सावधानी पूर्वक न्यूनिकरण गर्ने र बालबालिकाहरुलाई सचेत बनाउने उद्देश्यले “चेतना चौतारी”को संचालन गरिएको हो ।
भुकम्पका प्रभावित जिल्लाहरुमा महिला, बालबालिका र जोखिममा रहेका समुदायलाई लक्षित गरेर सुरु गरिएको चेतना चौतारीमा सचेतना र सुनुवाईक विभिन्न पक्षहरुको जानकारी गराइने फोकस नेपालका महासचिव कविन्द्र बुर्लाकोटीले जानकारी दिनु भयो । सहजकर्ताका लागि संस्थाले दुई जनालाई खटाइसकेको छ ।

chetana chautari 2

सहजकर्ताहरुले चौतारीमा आउने महिला, बालबालिका र जोखिममा रहेका समुदायका प्रतिनिधिहरुलाई भूकम्प पश्चात हुन सक्ने घरेलु हिंसा, मानवबेचविखन, बालश्रम न्यूनिकरण, साधारण स्तरको मनोविमर्श, विद्यालय शिक्षामा बालबालिकाको चासो बृद्धि गर्ने जस्ता विषयमा चेतना जगाउने काम गर्ने र यसबाट सम्भाब्य जोखिमका घट्नाहरु न्यूनिकरण हुने सहयोगी संस्था सेभ द चिल्ड्रेनका विमल रावलले बताउनु भयो । चेतना चौतारी दिनमा ६ घण्टा खुल्ने र आवश्यकता अनुसार समुदायले थप समय पनि खोल्न सक्ने संस्थाले जानकारी दिएको छ ।

chetana chautari 3

अस्थाई संरचना निर्माण गरी संचालनमा ल्याइएको चेतना चौतारीमा बालबालिकाहरुलाई सृजनात्मक गतिविधिमा संलग्न हुने अवसर प्रदान गरिने र बालबालिकाको फुर्सदको समय सदुपयोग हुने आयोजक संस्थाहरुले बताएका छन् । बैरेनीको खानीखोलामा संचालित चेतना चौतारी सेभ द चिल्ड्रेनको सुनुवाई केन्द्र ९ीष्कतभलष्लन एयकत० अन्तरगतको परियोजनाबाट संचालित रहेको र यसमा भेटिएका घट्नाहरुलाई संबन्धित निकाय सम्म पु¥याउने व्यवस्था पनि यस परियोजनामा रहेको जनाइएको छ ।

About The Author

अन्य समाचारहरु: